कोका–कोलाले युथ स्पिक फोरमसँगको सहकार्यमा वाईएसएफ आयोजना गर्दै


काठमाडौं।

लोकप्रिय पेय पदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि युथ स्पिक फोरम सञ्चालन गर्ने भएको छ । कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्दै आएको छ ।

यस वर्ष वाइएसएफको मुख्य विषय युवा विकास र उनीहरूको चासोलाई सम्बोधन गर्नु रहेको छ । कोका–कोला नेपालले विगत ५ वर्षदेखि युवा सशक्तिकरण र दिगो भविष्यको उद्देश्यसहित आइसेकसँग साझेदारी गर्दै आएको छ ।कार्यक्रमले विभिन्न क्रस सेक्टर र मल्टिजेनेरेसनल स्पेसका युवा नेतालाई विश्वव्यापी मुद्दाको बारेमा छलफल गर्न एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्ने गरेको छ ।

सशक्तिकरण, सहभागिता र प्रतिवद्धता गरी तीन चरणमा सञ्चालन हुने कार्यक्रमले युवाहरूलाई बहस र छलफलका निस्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र त्यसमार्फत कसरी दिगो विकासका लक्ष्यहरू हासिल गर्नको निम्ति योगदान दिन सकिन्छ भन्ने कुरामा जोड दिने गरेको छ ।