वडाअध्यक्षका उम्मेदवार बराल मतदाताको घरदैलोमा

0
Shares

काठमाडौं ।

पोखरा महानगरपालिका– १३ को वडाअध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस नेता किरण बरालले घरदैलो कार्यक्रम सुरु गरेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय नेता बराल अस्ट्रेलियाबाट अध्ययन सकेर नेपाल फर्किएका हुन् ।

चुनवी अभियान आरम्भ गर्दै बरालले आफूले विदेशमा सिकेको सीप र अध्ययन वडाको विकासका लागि खर्चिने प्रतिवद्धता व्यक्त गरे । युवादेखि सम्पूर्ण उमेर समूहका नागरिकका समस्यालाई वडाबाट व्यवस्थित तरिकाले सम्बोधन गर्दै नमुना वडाका रूपमा विकास गर्न आफू तयार रहेको उनले बताए ।

२०७४ को चुनावमा फराकीलो मतान्तरले पराजित भएको कांग्रेसलाई जिताउने गरी आफू लागेको उनले बताए । उनले भने, ‘हिजो सबैभन्दा धेरै मतान्तरले हारेको वडा हो यो । अब हामी ब्याज सहित सबैभन्दा बढी मतान्तरले जित्छौं ।’