निगमले नारिता सेक्टरमा उडान थप्यो


काठमाडौं  ।

नेपाल वायुसेवा निगमले काठमाडौं–नारिता सेक्टरमा सातामा दुई वटा उडान भर्दै आएकोमा आउँदो मे १ तारिकदेखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान सञ्चालन गर्ने भएको छ ।

उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १ सय ४० यात्रु एवं शुक्रबारको उडानमा जम्मा १ सय २० जना यात्रु मात्र बोक्न पाइने भएकाले यात्रु चाप बढी भएकाले उडान थप गरिएको निगमले जनाएको छ ।जहाजको क्षमताभन्दा करिब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्न परेको हुनाले स्वाभाविक रूपमा हाल भाडादरसमेत केही महँगो हुन गएको निगमले जनाएको छ ।

काठमाडौैं–नारिता सेक्टरमा करसहित विजनेस क्लासमा १ लाख ५२ हजार र इकोनोमी क्लासमा १ लाख १९ हजार ७ सय भाडादर कायम गरिएको छ ।यसरी तोकिएको मूल्यभन्दा बढी भाडा लिई टिकट बिक्री वितरण गरेको गुनासो प्राप्त भएको हुँदा कसैले तोकिएको मूल्यभन्दा बढी मूल्य लिई बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाही हुने निगमले जनाएको छ ।