काठमाडौंका ८ स्थानीय तहमा कांग्रेसका मेयर-उपमेयर उम्मेदवारको टुंगो



काठमाडौं ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आफ्नो भागमा परेको स्थानीय तह चुनावका लागि काठमाडौंका आठ वटा नगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा उपेन्द्र कार्कीलाई उठाउने निर्णय गरेको छ । कांग्रेसले यहाँ उपमेयर भने टुंग्याएको छैन ।

त्यस्तै गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा दीपक रिसाल र उपप्रमुखमा शान्ति नेपाललाई उम्मेदवार बनाएको छ ।

चन्द्रागिरी नगरपालिकामा प्रमुखमा घनश्याम गिरी र उपप्रमुखमा यमुनादेवी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

तारकेश्वर नगरपालिकाको प्रमुखमा कृष्णहरि महर्जन र उपप्रमुखमा श्रृजना बुर्लाकोटी उम्मेदवार भएका छन् ।

दक्षिणकाली नगरपालिका प्रमुखमा मोहन बस्नेत र उपप्रमुखमा बसन्ती तामाङलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ ।

नागार्जुन नगरपालिका प्रमुखमा मोहनबहादुर बस्नेत र उपप्रमुखमा कल्याणी खड्कालाई उठाउने निर्णय भएको हो ।

यस्तै बूढानिलकण्ठ नगरपालिका प्रमुखमा विनोद चालिसेलाई उठाउने निर्णय भएको छ । उपमेयर भने टुंगिएको छैन ।

शंखरापुर नगरपालिका प्रमुखमा ओम कार्की र उपप्रमुखमा समिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्