हालसम्म १३ हजार ३८६ जनाले दिए स्थानीय तह निर्वाचनमा उम्मेदवारी, कुन जिल्लामा कतिले दिए उम्मेदवारी (सूचीसहित)

0
Shares

काठमाडौं ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १३ हजार ३८६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

७ प्रदेशका ७५३ स्थानीय तहमा ६१३ जनाले प्रुमख पदमा उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

अध्यक्षमा ४७६ जना, उपप्रुमखमा २६८ जना, उपाध्यक्षमा ३०३ जना, वडा अध्यक्षमा ३ हजार ५४६ जना, महिला सदस्यमा २ हजार ६९ जना र दलित महिला सदस्यमा १ हजार ६६४ले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

यस्तै, वडा सदस्यमा १ हजार ५६४ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

हिजो र आज निर्वाचन आयोगले मनोनयनको समय तोेकेको छ । आज साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिसक्नुपर्नेछ ।

अन्तिम नामावली प्रकाशन भने बैशाख १७ गतेका लागि तोकिएको छ ।