महानगर र उपमहानगरमा एकीकृत समाजवादीको उमेद्‍वारको टुंगो (नामावलीसहित)

स्थानीय तह निर्वाचन

0
Shares

काठमाडौं ।

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेका महानगरपालिका र उपमहानगरपालिकामा उम्मद्‍वारको टुंगो लगाएको छ ।

काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई अघि सारेको छ भने पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई अघि सारेको हो ।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उमेद्‍वार बनाउने निर्णय गरेको छ । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्ट उमेद्‍वार छन् ।

बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगर उम्मेद्‍वारमा छनोट भएका छन् ।

एकीकृत समाजवादीको तर्फबाट उमेद्‍वारी दिएका सबैले कलम चिन्ह लिएर प्रतिस्पर्धा गर्ने एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :