प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं ।

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बीसौं वार्षिक साधारण सभा वीरगञ्जको पर्सामा सम्पन्न भएको छ ।
साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७÷७८को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको साधारण सभाबाट ७प्रतिशत वोनस शेयर र ० दशमलव ३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।

साविक १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० साठी चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १८ करोड ८१ लाख४४ हजार ८ सय १९पुग्ने भएको छ ।