भक्तपुरमा सत्ता गठबन्धन दल र प्रतिपक्षी एमालेले लगाए उम्मेदवारको टुंगो



 काठमाडौं ।

ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहबाट उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी भक्तपुरको नगर प्रमुखमा कांग्रेसका रामप्रसाद कासुला र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका ओमचरण श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । यस्तै चाँगुनारायण नगर प्रमुखमा कांग्रेसका निशान ढुङ्गेल, उपप्रमुखमा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतलाई उठाइएको छ ।

मध्यपुर थिमी नगरपालिका प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजय श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

एमालेले भने सूर्यविनायक र मध्यपुर थिमी नगरमा अहिलेकै नगरप्रमुखलाई दोहोर् याएको छ भने चाँगुनारायणमा अहिलेका उपप्रमुखलाई प्रमुखको उम्मेदवार बनाउने भएको छ ।

एमालेले मध्यपुर थिमीको प्रमुखमा मदनसुन्दर श्रेष्ठलाई र उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाउने भएको हो । सूर्यविनायक नगरप्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराईलाई उठाइएको छ ।

त्यस्तै चाँगुनारायण नगरपालिकामा अहिले उपप्रमुखको जिम्मेवारी सम्हालेकी बीना बास्तोलालाई प्रमुख र उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाएको छ । नेपाल मजदुर किसान पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन भने राप्रपा र राप्रपा नेपालले चारवटै नगरपालिकामा छुट्टाछुट्टै उम्मेदवार खडा गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्