निर्माण ब्यवसायी आन्दोलनमा



काठमाडौं ।

बिभिन्न माग राखेर आन्दोलित भएको निर्माण ब्यवसायीहरुले आइतबारदेखि निर्माणका काम बन्द गरेका छन । ब्यवसायीहरुले मुल्य वृद्धिका कारण काम गर्न सक्ने अवस्था नभएकाले मुलुकभर निर्माणाधीन ३ हजार ५ सय साना ठुला आयोजनाको काम बन्द गरेर कन्सट्रक्सन होलिडे शुरु गरेका छन ।

महासंघका अध्यक्ष रबि सिंह पुलको निर्माण, सडक कालोपत्रे, नदी नियन्त्रण बाहेकका ३ हजार ५ सय आयोजनाहरुमा काम बन्द गरेको जानकारी दिनुभयो । उहांले भन्नुभयो पेट्रोलियम पदार्थ डिजेल, बिटुमिन, पेट्रोल, ग्यांस फलामजन्य निर्माण सामग्रीहरु छड, ग्याबिन तार, पाता, आइरन ब्लेड लगायतका विभिन्न निर्माण सामग्रीको अप्रत्यासित रुपमा अत्यधिक मूल्य वृद्धि भएको छ ।

सरकारले मूल्य वृद्धिको सम्बोधन नगरे निर्माण व्यवसायीले आर्थिक रुपले निर्माणका काम सञ्चालन गर्न नसक्ने अध्यक्ष सिंहले बताउनुभयो ।
‘अप्रत्यासित रुपमा भएको मूल्य वृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन नं.–१ जारी गरी निर्माण कार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यसपटक पनि मूल्य समायोजन मार्गदर्शन नं–२ जारी गर्न पटक–पटकको अनुरोध गरेका छौं,’ उहांले भन्नुभयो –सरकारले हालसम्म पनि सम्बोधन नगरेको हुादा आन्दोलनमा उत्रिन लागेका हौं ।

वृद्धि भएको मूल्य वृद्धिको क्षतिपूर्ति हुने गरी एकमुष्ठ रुपमा ठेक्काको मूल्य समायोजन गर्नुपर्ने व्यवसायीले माग गरेका छन । निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिको सम्बोधन नभएसम्म वा मूल्य वृद्धि नियन्त्रण भएर सामान्य अवस्था नभएसम्मको अवधिलाई ‘कन्स्ट्रक्सन होलिडे’ को रुपमा लिएर सबै निर्माण कार्यहरु बन्द गर्न महासंघले निर्माण व्यवसायीलाई अ अनुरोध गरेको बताउनुभयो ।कन्स्ट्रक्सन होलिडेस सुरु भएपछि वैशाख १३ देखि जिल्लास्थित निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा र ७ वटै प्रदेश महासंघले आ–आफ्ना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा प्रत्येक दिन बिहान ११ बजेदेखि दिउंसो १२ बजेसम्म दैनिक एक घण्टाका दरले धर्ना दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्