फुटबल अध्यक्षमा लामा निर्वाचित


हेटौंडा, (नेस)
मकवानपुर जिल्ला फुटबल संघ अध्यक्षमा टीकाराम लामा पुनः निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको संघको सातौं अधिवेशनबाट अध्यक्षका उम्मेदवार मणिष श्रेष्ठलाई १० मतले हराउँदै लामा निर्वाचित भएका हुन् ।

लामाले १९ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत ल्याएका थिए ।
उपाध्यक्षमा अरुण बल (२३), युवराज लामा (२१) र अजय मानन्धर (१८) विजयी भए । उपाध्यक्ष उम्मेदवार राजकुमार श्रेष्ठले १४ र नवराज बज्राचार्यले ८ मत प्राप्त गरे । फुटबल संघको कार्यसमिति सदस्यमा विकेशलाल श्रेष्ठ (२५), आशीष थापा (२५), राजाराम थोकर (२४), आलोक स्यांतान (२४), पुष्पराज पुडासैनी (२३), सचिन्द्र लामा (२३), सचिन राई (२३), दिनेश चौलागाईं (२३), कृष्ण केसी (२०) र नवराज तिमल्सिना (१९) विजयी भए । महिला सदस्यमा एलिशा आले विजयी भइन् ।

अध्यक्षमा विजयी लामाले सबैलाई समेट्दै संस्थागत हित एवम् फुटबलको विकासमा लागिपर्ने प्रतिबद्धता जनाए । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको शहीद स्मृति मकवानपुर गोल्डकप र जिल्ला लिग फुटबललाई थप व्यवस्थित गरिने उनको भनाइ थियो ।