दुर्घटनामा ५ जनाको मृत्यु

0
Shares

धादिङ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको यात्रुबसले कारलाई थाक्रे गाउँपालिकाको जुंगेखोलामा आइतबार ठक्कर दिँदा ५ जना घाइते भएकामा उनीहरूको उपचारका क्रममा मृत्यु भएको छ ।

दु्रतगतिमा गुडेको काठमाडौंबाट धादिङका लागि छुटेको बा५ख ८४४३ नम्बरको यात्रुबसले विपरीत दिशाबाट आएको वागमती प्रदेश ०१–०२५च २९६८ को कारलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तर प्रदेशका ४० वर्षीय विमलचन्द्र अग्रवाल, ३५ वर्षीया साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ ।

घाइते भएका उनीहरूको उपचारका क्रममा चालक डिलबहादुर र विमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको हो । बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका–११ का २४ वर्षीय राम परियार घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।मृत्यु भएकाहरू चार जना एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । ट्याक्सीलाई ओभरट्याक गरेको कार ओरालोमा तीव्र गतिमा आएको बससँग ठोक्किएपछि दुर्घटना भएको हो ।

नेपाल घुम्नका लागि गत वैशाख ७ गते नेपाल आएका उनीहरू आइतबार पोखराबाट काठमाडौं फर्कंदै थिए । सोमबार दिल्ली फर्कने टिकटसमेत फेला परेको प्रहरीले जनाएको छ ।दुर्घटना पछि स्थानीयबासीले उद्धार गरी घाइतेलाई शिवदर्शन अस्पताल धार्के लगी उपचार भएकोमा शिक्षण अस्पताल र ट्रमा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।दुर्घटनामा कारमा च्यापिएका चालकलाई क्रेनको सहायताले निकालेर उपचारका लागि लगिएको उद्धारकर्ता मुकुन्द रेग्मीले बताउनुभयो ।