जसपाकाे चुनावी घाेषणपत्र सार्वजनिक [पूर्णपाठ]

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टीले ६५ वर्षमाथिका जेष्ठ नागरिक र गर्भवतीलाई नगरमा सञ्चालन हुने एम्बुलेन्सलगायत यातायातका साधनमा भाडा निलिइने प्रतिबद्धता जनाएको छ ।

जसपाले आइतबार घोषणापत्र सार्वजनिक गर्दै नगरभित्र चल्ने यातायात सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने समेत जनाएको छ । गर्भवती महिला, १० वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई एम्बुलेन्सलगायत नगरभित्र चल्ने कुनै पनि यातायात सेवामा भाडा लाग्ने छैन,घोषणापत्रमा भनिएको छ, नगरभित्र चल्ने यातायात सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिनेछ ।सामाजिक सेवा कार्यक्रमअन्तर्गत जसपाको घोषणापत्रमा हरेक बिहान र बेलुका एकरएक पटक सबै वडा कार्यालयबाट नगरपालिकाको कार्यालय आउन र जानका लागि नि : शुल्क नगर यातायात सेवा सञ्चालन गरिने पनि उल्लेख छ ।

पूर्णपाठ