विराट ४ करोड मूल्यको घडी लगाउँछन्



नयाँ दिल्ली । 

आईपीएलमा खेलिरहेका खेलाडी आफ्ना जीवन शैली, शौख र फेशनलाई लिएर बेलाबेलामा चर्चामा आइरहन्छन् । कोहीलाई जुत्ताको शौक छ भने कोही स्टाइलको घडी लगाउँछन् त कोही विलासी गाडीको शौक राख्छन् । यस्तो महँगो शौक राख्नेहरु यी खेलाडी हुन् ।

श्रेयस अय्यर

कोलकाता नाइट राइडर्सका कप्तान श्रेयससँग स्निकर्स र जुत्ताको शानदार कलेक्शन छ, जसले गर्दा उनका समर्थकलाई मंत्रमुग्ध गरिदिन्छ । उनीसँग करिब ५० जोर जुत्ता छन् । उनको कलेक्शनमा नाइकी एक्स आफ ह्वाइटदेखि लिइर एयर जोर्डन, एयर मेक्ससम्मका जुत्ता छन् ।

लोकेश (केएल) राहुल

लखनउका कप्तान राहुल ट्याटुका दिवाना हुन् । उनले आफ्नो शरीरमा २४ ट्याटु बनाइसकेका छन् । यसमा आमाबुबाको नामसँगै उनका कुकुरको अनुहार, रोमन अंक, कम्पास, माओरी आर्ट, घडीको ट्याटु कुँदाएका छन् । उनले १६ वर्षको उमेरमा पहिलो पटक ट्याटु बनाउन लगाएका थिए । उनी जुन देशमा जान्छन्, त्यहाँका बारेमा ट्याटु बनाउन लगाउँछन् ।

विराट कोहली

लक्जरी घडीका शौखिन छन् विराट । भारतीय टिमका पूर्व कप्तानसँग रोलेक्स ब्रान्डका घडी धेरै छन् । उनीसँग रोलेक्स डेटोना रेनबो एभरोज गोल्ड घडी छन् । यसको मूल्य करिब ४ करोड नेपाली रकम हुन्छ । ६० लाखको रोलेक्स डे डेट ४० प्लेटिनम र करिब ४० लाखकै रोलेक्स कास्मोग्राफ डेटोना ग्रीन डायल यलो गोल्ड पनि छन् । उनको घडी कलेक्शनको कूल मूल्य करिब सवा ५ करोडको हुन आउँछ ।

हार्दिक पाण्ड्या

हार्दिक गुजरात टाइटन्सका कप्तान हुन् । उनलाई लक्जरी गाडीको शौख छ । उनले ६ करोडको लेम्बोर्गिनीदेखि लिएर १० करोडसम्म पर्ने रोल्स रोयससम्मका गाडी कलेक्शन गरेका छन् ।यस्तै उनले आडी, रेन्ज रोभर, मर्सडीज जस्ता लक्जरी गाडी उनको पार्किङलाई शोभा बढाइरहेका हुन्छन् । उनको कार कलेक्शन करिब साढे २५ करोडको मूल्यसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्