काठमाडौंको मेयरमा बालन साहको उम्मेदवारी दर्ता


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मेयर उम्मेदवार शाहले आइतबार राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

शाहले आइतबार बिहान आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेपछि सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बालेनले आफ्नो घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।यसका साथै उनले व्यक्तिगत घटना दर्ता, वृद्धभत्ता वितरण घर-घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् ।

सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।