२७ करोडकाे कोकिन बरामद



काठमाडौं ।

सात केजी कोकिनसहित पक्राउ परेकी जाम्बियन महिला र त्यसलाई लिन आएकी भारतीय महिलालाई लागुऔषध नियन्त्रण ब्युरो-एनसीबीको टोलीले आइतबार सार्वजनिक गर्दैछ ।

स्रोतका अनुसार कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाबाट कतार हुँदै काठमाडौँ उत्रिएकी जाम्बियन महिलालाई एनसीबीको टोलीले बैशाख ३ गते समातेको थियो ।

त्रिभुवन विमानस्थलमा खटिएको ब्युरोको टोलीले ती जाम्बियन महिलाले शंकास्पद व्यवहार गरेपछि नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । उनको साथबाट ७ केजी कोकिन बरामद भएको थियो । ती महिलाले लिएर आएको कोकिन बुझ्न आएकी भारतीय महिला बैशाख ४ गते होटलबाट पक्राउ परेकी थिइन् ।

स्रोतका अनुसार त्रिभुवन विमानस्थलको आगमन कक्षतर्फ रहेको एक्सरेबाट ती महिलाले उक्त कोकिन सजिलै छिराएकी थिइन् । लागुऔषध तस्करको भाषामा क्रयाक र कोकको उपनामले समेत परिचित कोकिन एक ग्रामकै ३० देखि ४० हजार रुपैयाँसम्म पर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्