रहिनन् राज्यमन्त्री डिम्पलकुमारी झा


न्युज अफ नेपाल, काठमाडौं ।

मधेस प्रदेशकी पूर्वभौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ ।

झाको आइतबार बिहान काठमाडौंमा निधन भएको उनका पति तथा लोसपाका संघीय सांसद अनिल झाले कान्तिपुरलाई बताए ।
लोसपाकी प्रदेशसभा सदस्यसमेत रहेकी झा दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।

रौतहटको दुर्गा भगवती गाउँपालिका-३ घर भएकी उनको रौतहटमै अन्त्येष्टि गरिने परिवारजनले बताएका छन् ।