आज कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्दै छ । पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि समय भने निश्चित भइसकेको छैन ।

पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समिति बनाएको थियो । घोषणापत्र तयारीको सबै काम सकिएको भन्दै आज त्यसलाई सार्वजनिक गर्ने समितिका एक सदस्यले बताए ।

कांग्रेसले घोषणा पत्रमार्फत् जनतालाई अनावश्यक सपना नबाँड्ने भनेको छ । घोषणापत्रमा समेट्ने विषयवस्तुबारे विभिन्न विज्ञहरुसँग कांग्रेसले राय सुझाव लिएको थियो ।कांग्रेसले महानगरपालिकाहरुमा उम्मेदवारहरु टुंगो लगाउन आजै कार्य सम्पादन समितिको बैठकसमेत बोलाएको छ ।