बक्सिङमा सरस्वती र इन्द्र सर्वोत्कृष्ट


 काठमाडौं । 

विभागीय टोली नेपाल एपीएफ क्लबकी सरस्वती राना र त्रिभुवन आर्मी क्लबका इन्द्र सुनार वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

सरस्वती महिलातर्फ तथाइन्द्र पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएकाहुन् ।वसन्तपुर डबलीमा शनिबार अन्तिम दिनमा उनीहरूले आ–आफ्नो तौल समूहमा स्वर्ण पदक जितेका थिए । सरस्वतीले पुरस्कार स्वरूपएक थान स्कुटर तथाइन्द्रले पुरस्कार स्वरूप एक थान मोटरसाइकल हासिल गर्न सफल भए ।

सरस्वतीले महिला७५ केजीतौल समूहमा आर्मीकी निरु गुरुङलाई अंकको आधारमा हराउँदै स्पर्ण जितिन् । यस्तै,इन्द्रले ५७ केजीतौल समूहमा सागका पदकधारी पुरन राईलाई हराउँदै स्वर्ण जितेका थिए । गत मंगलबारदेखि शुरू भएको प्रतियोगितामा आर्मी ८ स्वर्ण र ३ रजत पदक जित्दै टिम च्याम्पियन बन्न सफल भयो ।

दोस्रो भएको एपिएफले २ स्वर्ण, ४ रजत ३ कास्यजित्न सफल भए । समान २ स्वर्ण, रजत र कास्य जितेको पुलिस तेस्रो भयो । प्रदेश १ र प्रदेश ७ ले समान एक रजत जित्न सफलभए । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ गरी १२ स्पर्धा समावश गरिएको थियो । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।