महानगर र उपमहानगरपालिकामा माओवादीले टुंगो लगायो उम्मदेवार


काठमाडौं  ।

नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले पाएको महानगर र उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादीको भागवण्डामा परेको भरतपुर महानगर रेणु दाहाललाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । ललितपुर महानगरको उपमेयरमा बाबुराज वज्राचार्यलाई उम्मेदवार बनाएको माओवादीले जीतपुर सिमरा उपमहानगरको नगर

प्रमुखमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।शनिबार बसेको माओवादीको बैठकले धनगढी उपमहानगरको उपमेयरमा शान्ति अधिकारी चयन गरेको छ ।

धरानको नगर उपप्रमुखको उम्मेदवार भने आइतबार टुंगो लगाउने बताइएको छ । माओवादीका नेता हरिबोल गजुरेलले पार्टीले अरू प्रदेश र जिल्लाको आवश्यकतामा चुनावी तालमेल गर्न निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार आइतबार दिउँसोसम्म माओवादीले सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्नेछ ।