किरण थापाको घोषणा : ‘पाँच वर्षसम्म कुनै सेवा सुविधा लिन्न’सूर्यबिनायकका लागि मेरो उम्मेदवारी

0
Shares

भक्तपुर ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भएर यहाँको मुहार फेर्न सफल युवा नेता एवं समाजसेवी किरण थापाले आफूले नगर प्रमुख (मेयर) को टिकट नगरपालिकाबाट पाउँने कुनै पनि सेवा सुबिधा नलिइकन विकासका लागि अहोरात्र खटिने घोषणा गर्नु भएको छ ।

सूर्यविनायक नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवारी दिन वडाध्यक्षबाट राजीनामा दिनु भएका उहाँले पार्टीले मेयरको टिकट दिनेमा विश्वास व्यक्त गर्दै मेयरको रुपमा काम गर्दा नगरपालिकाबाट पाउने, गाडी, तेल, तलब, भत्तालगायतका कुनै सेवा सुविधा नलिने घोषणा गर्नु भएको छ ।

उहाँले सूर्यविनायक नपा वडा नं. ८ को वडाध्यक्ष भएर विगत पाँच वर्ष काम गर्दा पनि आफूले पाँच वर्षमा पाएको तलब, भत्तावापतको रु. १५ लाख सिपाडोलस्थित गणेश माध्यामिक विद्यालयमा गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रबृत्त प्रदान गर्न खडा गरिएको कोषमा रकम प्रदान गर्नु भयो । अहिले त्यो कोषमा रु. ४० लाख जम्मा भइसकेको छ ।

यो पाँच वर्षको अबधीमा थापाले वडाध्यक्ष भएर पाउने पेट्रोल, मोवाइललगायतको सुबिधा समेत नलिएको, जनताको प्रत्येक समस्यामा हातेमालो गर्दै भौतिक, आर्थिक र सामाजिक सेवामा अहोरात्र खटिएर सिपाडोलमा वर्षैदेखि रहेका काँग्रेस, माओवादी, नेमकिपा र राप्रपालाई एमालेमा भित्रयाउदै यस क्षेत्रलाई एमालेको लालकिल्ला बनाउन सफल भएको बताउनु भयो ।

विकास, समृद्धि र सामाजिक विकासमा निरन्तर खटिरहने थापाले नगर प्रमुख भएर जिम्मेवारी सम्हाल्न पाएँ सक्षम, सबल, समृद्ध र विकसित सूर्यबिनायक नगर बनाउने घोषणा गर्नु भयो । पद प्राप्त गर्नुमात्र आफ्नो लक्ष्य नभएको भन्दै थापाले भन्नुभयो, “मेरो उम्मेदवारी पद र पैसाका लागि हैन, मेरो आफ्नै व्यापारमा म सबल छु, सरकारी पैसाको लोभ मलाई छैन, मेरो त एउटै उदेश्य र लक्ष्य छ, सक्षम, सवल, समृद्ध विकसित सूर्यबिनायक नगरपालिका निर्माण गर्ने । नगरको बिकासम गर्ने मेरो परिकल्पना साकार पार्ने ।”

उहाँले यहाँका ऐतिहासिक धरोहरहरुको संरक्षण, धर्म, संस्कार, संस्कृति, यहाँ रहेका मठमन्दिर, जात्रा, परम्पराहरु संरक्षण, पर्यटनको बिकास गर्ने, स्थानीय बासिन्दाको आयस्तर उकास्ने, युवा पुस्तालाई आम्दानीको श्रोतको पहिचान गर्दै उद्योग, व्यवसाय, कृषि र पर्यटनमा लगाउने, गाउँमै उच्च माविसम्मको गुणस्तरीय शिक्षा पुर्याउने, घरदैलोमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने, सूर्यबिनायकलाई स्मार्ट सिटी बनाउने, खेल मैदान एवं रंगशाला निर्माण गर्ने, भौतिक सम्मुन्नतिसँगै आर्थिक, सांस्कृतिक, धार्मिक परम्पराको सुरक्षा यस्ता धेरै योजनाहरु आफूसँग रहेको बताउनु भयो ।

थापा वडाध्यक्ष भइरहँदा आफ्नो पार्टींका मात्रै नभई विपक्षी पार्टीमा आबद्ध रहेका कार्यकर्ता र जनताको समेत मन जित्न सफल उहाँले नगर प्रमुख भएर सिंगो नगरवासीको मन जित्दै नगरपालिकाको समग्र विकासमा योगदान गर्ने लक्ष्य राखेको थापा बताउनुहुन्छ ।

एमाले जिल्ला कमिटिको सदस्यसमेत रहेका थापा सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष, नेपाल तेक्वाण्डो संघ वाग्मति प्रदेशका कोषाध्यक्ष, नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाको दुई पटक उपसभापति, नगरपालिका सामाजिक विकास समितिका संयोजक भएर जनताको बिकासमा अहोरात्र खटिनु भएको र आफ्नो जीवनमा हासिल गरेका राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रको अनुभवलाई नगरपालिकाको विकासमा केन्द्रित गर्ने योजना रहेको बताउनु हुन्छ ।

कोरोना भाइरसको महामारी भएर जनता मर्नु र बाँच्नुको अबस्थामा पुग्दा कोरोना संक्रमितलाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्याउने, घरघरमा अक्सिजनको सिलिण्डरदेखि औषधि पुर्याउने, टोलटोलमा मोवाईल भ्यान मार्फत निःशुल्क पीसीआर परीक्षण गर्ने, टोल टोलमै लगेर आफ्ना जनतालाई सुरुमै कोरोना भाइरस बिरुद्धको खोप लगाउनेदेखि विदेशबाट फर्किएका नेपाली नागरिकका लागि बस्नेत, खानेसहितको १०० शय्याको क्वारेन्टाइनसमेत राखेर उहाँले कोरोना कालमा आमनागरिकमा पुर्याएको सेवालाई आज पनि जनताले सम्झिने गरेका छन् ।

लकडाउनमा दैनिक ज्याला मजदुरी गर्नेलाई खाद्यान्न राहत वितरणदेखि जगातीमा निःशुल्क खाना खुवाउने, पैदलनै पूर्वको २०० किरोमिटरभन्दा बढीको यात्रा तय गरेका बच्चा बोकेका महिलादेखि भोकै रहेका हजारौ यात्रुलाई थापाले आफ्ना उद्योगी साथीहरुसंगको समन्वयमा जगातीमा खाना मात्रै खुवाएनन्, १५ दिनसम्म गाडीको व्यबस्था गरेर घरसम्म पुर्याएर जुन मानवीय सेवा प्रकट गरे, त्यो कार्यको आजपनि कतिपयले सम्झने गरेको उहाँ बताउनु हुन्छ ।

शिक्षाको विकासमा उहाँको सक्रियता उत्तिकै रहयो । सूर्यविनायक भित्रका सामुदायिक विद्यालयको भौतिक गुणस्तरको बिकासदेखि गुणस्तरीय शिक्षामा उहाँको योगदान उल्लेख्य रहयो ।उहाँले आफ्नै वडा नं. ८ मा मात्रै चार वटा विद्यालयको भवन बनाउन सफल हुनु भयो । यहाँको सरस्वती आधारभूत र सन्तकृष्ण आधारभूत विद्यालयमा ८–८ कोठे पक्की भवन निर्माण गराउन सफल हुनु भयो भने डिएपिआइयू र सिएलपिआइयूको रु. सात करोडको लागतमा शान्ति निकेतन माविको सविधा सम्पन्न आधुनिक भूकम्प प्रतिरोधी २० कोठे भवन निर्माण गरेर सञ्चालनमा ल्याउन सफल हुनु भयो ।

सोही वडाको गणेशमाविलाई १० रोपनी क्षेत्रफलमा ६ करोड ५० लाखको लागतमा २१ कोठे सुबिधा सम्पन्न नयाँ भवन निर्माण कार्य भइरहेको छ । यो नयाँ भवनमा अबको दुई वर्ष भित्र विद्यार्थीले पढ्न पाउँनेछन् । सबै वडामा नगरका सबै विद्यालयलाई यस्तै बनाउने आफ्नो लक्ष्य रहेको उहाँ बताउनु हुन्छ । परोपकारका धेरै कामहरु गरेको बताउने थापाले भौतिक रुपमा सिपाडोलमै लागि नगरपालिकाबाट ५५ लाख र वाग्मति प्रदेशबाट ३० लाखको बजेट व्यबस्था गरेर सिपाडोल क्षेत्र परोपकार सामुदायीक समाज भवन निर्माण गरेको बताउनु भयो ।

१५ वर्ष अगाडिसम्म एउटा सिटामोल पनि नपाउने सिपाडोलमा अहिले प्रत्येक स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै सरकारले उपलब्ध गराएको निःशुल्क पाइने औषधि लगायत अन्य अत्यावश्यक औषधि स्वास्थ्य चौकीमै पाउने व्यबस्था गर्नुका साथैस्वास्थ्य परीक्षणदेखि सबै गुणस्तरीय स्वास्थ्य सेवा गाउँ मै पाउनुले यहाँका जनताले निकै राहत महसुस गरेका छन् ।

उहाँ भन्नुहुन्छ, “अहिले गाउँमै औषधि उपचार पाइन्छ, मेरो अथक प्रयासमा र मानीयन महेश बस्नेतको ठूलो प्रयासमा जगातीको इँटा तथा टायल कारखानाको २५ रोपनी क्षेत्रफलमा अहिले सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउन सफल भएका छौँ, अहिले यहाँ ५० शैयाको सुबिधा सम्पन्न अस्पताल सञ्चालन गरियो ।

अब नगर प्रमुख हुन पाए यो अस्पताललाई १०० शय्यामा बिशेषज्ञ सेवासहितको सुबिधा सम्पन्न अस्पतालको रुपमा बिकास गर्ने मेरो लक्ष्य छ ।”सिपाडोल सबैले हेला गर्ने ठाउँ थियो कुनै दिन । आज सबैले माया गर्ने ठाउँ बनेको छ । यहाँको सुन्दर, शान्त, मनोरम ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ । सिपाडोलमा एक टुक्रा जग्गा किनेर घर बनाउनदेखि एक दिन घुमेर आउँन भनेर घुम्न आउने पर्यटकीय क्षेत्रको रुपमा बिकास भएको छ । पर्यटन प्रबद्र्धनको क्षेत्रमा घ्याम्पे डाँडा, रानीकोट, डोलेश्वर, आशापुरी बोकाचो गढी, मालीगाउँ जस्ता क्षेत्रहरु पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । निकै ओझेलमा परेको ऐतिहासिक बोकाचो गढीँ, माली गाउँ जस्ता ठाउँहरुमा सडक पूर्वाधार, भ्यू टावरदेखिका पूर्वाधारले पर्यटक तानिरहेको छ । यहाँ आन्तरिक आम्दानीको श्रोत बनिरहेको छ ।

यहाँका जनताले सोच्न पनि सकेका थिएनन्, कि पाँच वर्षको अबधीमा यतिधेरै सडक, पुल निर्माण होला भनेर । सडक पूर्वाधारको बिकासले पनि यहाँको मुहार हासिरहेको छ । सडक पुग्ने कल्पना पनि नगरेका ठाउँमा पर्यटनको बिकासका लागि सडक पुर्याउन म सफल भएको उहाँ बताउनु हुन्छ । तत्कालिन जिल्ला विकास समितिको सदस्य हुँदा थापाकै पहलमा पहिलो पटक सडक निर्माण गरेर सिपाडोल, पाटी भञ्याङमा सडक उद्घाटनको क्रममा पहिलो पटक गाडी जाँदा गाडीलाई समेत फूलमालाले स्वागत गरेको यो ठाउँमा अहिले पक्की सडकहरु बनेका छन् ।

सिपाडोलमा रु. ३ करोड ५० लाखको लागतमा घ्याम्पे डाँडाबाट पाटी भञ्याङ, आशापुरी, कुशादेवी ६ किलोमिटर सडक, रु. ५० लाखको लागतमा घ्याम्पेडाँडा रानीकोट सडक, गोरेटो बाटो समेत नभएको ठाडो भीरबाट आउने जाने गर्नु पर्ने पृथ्वी नारायण शाहले भक्तपुर आक्रमण गर्दा बनाएको बङ्कर भएको बोकाचो गढीँ जाने पाटी भञ्याङबाट बोकाचो गढीसम्म जान सडकको नयाँ ट्रयाक खोल्दै नालीसहितको सडक निर्माण गर्न सफल भएको बनताउदै सडक बनेपछि यहाँ पर्यटनको बिकास भएकााले यहाँका बस्तीमा आन्तरिक आम्दानीको श्रोत बनेको उहाँको भनाइ छ ।

त्यस्तै डोलेश्वर, मालीगाउँ काक्राबारी ४ किमि सडक, राजकूलो मात्रै भएको ठाउँमा ६ मिटर चौडा सडकहरु इटबुबाट चुनदेवी २ किमि सडक, लुथाबुपाकुबाट दार्जलिङ हाइट हुदै चुनदेवी जाने २.५ किमि सडक, सूर्यविनाक चोकबाट गणेशमन्दिरसम्म जाने सडक १४ मिटर चौडा, आदर्शबाट वडा कार्यालय जाने ३ किमि सडक, वाग्मति कोल्डस्टोरबाट बाहिटी हुदै चखुटोल जाने ६.५ किमि सडक, ङागाचाबाट झ्यालीपाटी हुदै भट्टराई टोल जाने ३ किमि सडक, जगातीबाट गणेश माबि हुँदै डोलेश्वर जाने ४ किमि सडक, डोलेश्वरबाट पलाँसे जाने सडक कतिपय कालोपत्र भइसके, कतिपय कालोपत्र र ढलान गर्ने चरणमा रहेकाे  बताउनु हुन्छ ।

त्यस्तै सिपाडोलमा मात्रै जगाती चँखु खोलामा दुई वटा भद्रबस्तीबाट टार जाने सडकको पुल गरि तीन वटा ठूला पक्की पुल र २ वटा ट्रस पुल निर्माण भएको छ ।पार्टीले पाँच वर्ष अगाडि जुन बिश्वासले वडाध्यक्षको टिकट दियो त्यसलाई इमान्दारीताको साथ आफूले निर्वाह गर्न सफल भए भन्दै थापाले चुनाबमा गरेको घोषणा पत्र भन्दा चौगुणा बढी काम गर्न सफल भएको दाबी गर्नु भयो । नगर पालिकाको मेयरको रुपमा काम गर्न पाए सिपाडोल जस्तै गरि सिंगो नगरको बिकासलाई उचाइमा पुर्याउने उहाँ बताउनु हुन्छ ।