एमाले गण्डकीले टुंगो लगायो ११ जिल्ला २९ पालिकाका उम्मेदवार (नामावलीसहित)

0
Shares

ढोरपाटन  । 

पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ । शुक्रवार राती अवेरसम्म वसेको सचिवालय वैठकले ती नामहरुमा अन्तिम निणर्य गरेको हो ।

तल्लो तहका कमिटीबाट सर्वसम्मत रुपमा सिफारिश आएका ११ जिल्लाका २९ पालिकाका उम्मेदवारलाई टुंगो लगाएको उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले वताए ।एमाले गण्डकीले मुस्ताङ जिल्लाका सवै पालिकाका प्रमुख र उपप्रमुखको निर्णय गरेको छ । बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्षमा रिञ्जिङ गुरुङ र उपाध्यक्षमा दिकी गुरुङ, लो घ्यागर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छेप्पेल विष्ट राजु र उपाध्यक्षमा छिरिङ ल्ह्यामो गुरुङ, लोमाङन्थाङ गाउँपालिका अध्यक्षमा टसीनुर्वु गुरुङ र उपाध्यक्षमा छिमि विष्ट गुरुङ, थासाङ गाउँपालिका अध्यक्षमा प्रदीप गौचन र उपाध्यक्षमा सुमिता शेर्पा, घरपजोङ गाउँपालिका अध्यक्षमा सञ्जय कुमार थकाली रउपाध्यक्षमा मिम कुमारी शेरचन रहेका छन् ।

मनाङ जिल्लाको मनाङ निस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले र उपाध्यक्षमा छिरिङ धावा गुरुङ, चामे गाउँपालिका अध्यक्षमा लोकेन्द्र घले र उपाध्यक्ष आशकुमारी गुरुङ, नासों गाउँपालिका अध्यक्ष मन बहादुर गुरुङ र उपाध्यक्ष अर्विन गुरुङ ९स्वतन्त्र०, नार्पाभूमि गाउँपालिका अध्यक्ष ज्याप्ले गुरुङ र उपाध्यक्षमा भेग मिलाउनु पर्ने भएकाले छलफल जारी रहेको प्रचार विभाग प्रमुख आचार्यले बताए ।लमजुङ जिल्लाको क्वोंलासोंथर गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङलाई उम्मेदवार बनाउने प्रदेश कमिटीले निणर्य गरेको छ । उपाध्क्षयमा छलफल भैइरहेकोले टुंगो लगाउन बाँकी छ ।

गोरखा जिल्लाको अजिरकोट गाउँपालिका अध्यक्षमा शेखरनाथ न्यौपाने, चुमनुब्री गाउँपालिका अध्यक्षमा सुक बहादुर गुरुङ र उपाध्यक्षमा सानु गुरुङ, स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सीता थापा, वालिङ नगरपालिका प्रमुखमा कृष्ण बहादुर खाँड र उपप्रमुखमा खगीसरा थापा मगर, हरिनास गाउँपालिका अध्यक्षमा खिमनारायण मानन्धरलाई उम्मेदवार बनाउने एमाले गण्डकीले निर्णय गरेको छ ।

तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका अध्यक्षमा ऋषि केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।कास्की जिल्लाको रुपा गाउँपालिका अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङलाई एमालेले टुंगो लगाएको छ ।म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा भरत कुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा, रघुगंगा गाउँपालिका अध्यक्षमा प्रेम बहादुर कार्की र उपाध्यक्ष यामकुमारी गर्बुजा, मालिका गाउँपालिका अध्यक्षमा वेगप्रसाद गर्बुजा र मंगला गाउपालिका अध्यक्षमा सतप्रसाद रोकालाई निर्णय गरेको छ ।

नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्षमा चेतन राना र उपाध्यक्षमा मनी पाण्डे, मध्यबिन्दु नगरपालिका प्रमुखमा भिमलाल अधिकारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।पर्वत जिल्लाको पैयुँ गाउँपालिका अध्यक्षमा महेन्द्र श्रेष्ठ र उपाध्यक्षमा यमकुमारी रानाको टुंगो लागेको छ ।बागलुङ जिल्लाको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति बिक, ढोरपाटन नगरपालिका प्रमुखमा देव कुमार नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउचा र उपप्रमुख रुपा बिक, जैमिनि नगरपालिका प्रमुखमा लिला राना र उपाध्यक्षमा यमुना शर्मालाई उम्मेदवार वनाउने निणर्य गरेको छ ।

बाँकी पालिकाहरुको प्रमुख र उप्रमुखका बिषयमा छलफल जारी रहेको एमाले गण्डकीका सचिव धनन्जय दवाडीले वताए । शनिवार बेलुका र आईतवार विहानसम्म गण्डकीका ८५ वटै पालिकाको निर्णय भइसक्ने सचिव दवाडीले जानकारी दिए ।

निर्णय भएका पालिकाका उम्मेदवारहरुको अन्तिम नामावलीः

१, मुस्ताङ जिल्ला
क, बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका
अध्यक्ष: रिञ्जिङ गुरुङ
उपाध्यक्षस् दिकी गुरुङ
ख, लो घ्यागर गाउँपालिका
अध्यक्ष:  लोप्साङ छेप्पेल विष्ट राजु
उपाध्यक्षस् छिरिङ ल्ह्यामो गुरुङ
ग, लोमाङन्थाङ गाउँपालिका
अध्यक्ष: टसीनुर्वु गुरुङ
उपाध्यक्ष: छिमि विष्ट गुरुङ
घ, थासाङ गाउँपालिका
अध्यक्षस् प्रदीप गौचन
उपाध्यक्ष: सुमिता शेर्पा
ङ, घरपजोङ गाउँपालिका
अध्यक्षस् सञ्जय कुमार थकाली
उपाध्यक्ष: मिम कुमारी शेरचन
२, मनाङ जिल्ला
क, मनाङ निस्याङ गाउँपालिका
अध्यक्ष: कान्छा घले
उपाध्यक्ष: छिरिङ धावा गुरुङ
ख, चामे गाउँपालिका
अध्यक्षस् लोकेन्द्र घले
उपाध्यक्ष: आशकुमारी गुरुङ
ग, नासों गाउँपालिका
अध्यक्ष: मन बहादुर गुरुङ
उपाध्यक्ष: अर्विन गुरुङ स्वतन्त्र
घ, नार्पाभूमि गाउँपालिका
अध्यक्ष : ज्याप्ले गुरुङ
उपाध्यक्ष: भेग मिलाउनु पर्ने भएकाले छलफल
३, लमजुङ जिल्ला
क, क्वोंलासोंथर गाउँपालिका
अध्यक्ष : सूर्यप्रसाद गुरुङ
४, गोरखा जिल्ला
क,अजिरकोट गाउँपालिका
अध्यक्ष : शेखरनाथ न्यौपाने
ख, चुमनुब्री गाउँपालिका
अध्यक्ष : सुक बहादुर गुरुङ
उपाध्यक्ष:  सानु गुरुङ
५, स्याङ्जा जिल्ला
क,आँधिखोला गाउँपालिका
अध्यक्ष : विश्व पौडेल
उपाध्यक्ष : सीता थापा
ख, वालिङ नगरपालिका
प्रमुखस् कृष्ण बहादुर खाँड
उपप्रमुख :  खगीसरा थापा मगर
ग, हरिनास गाउँपालिका
अध्यक्ष : खिमनारायण मानन्धर
६, तनहुँ जिल्ला
क, आँबु गाउँपालिका
अध्यक्ष ऋषि केसी
७, कास्की जिल्ला
क, रुपा गाउँपालिका
अध्यक्ष:  नवराज ओझा
उपाध्यक्ष: लालसुब्बा गुरुङ
८, म्याग्दी जिल्ला
क, अन्नपूर्ण गाउँपालिका
अध्यक्ष: भरत कुमार पुन
उपाध्यक्ष: दिवाकुमारी तिलिजा
ख, रघु गंगा गाउँपालिका
अध्यक्ष:  प्रेम बहा