युवा संघ नेपाल ललितपुर वडा –१८ को अध्यक्षमा कुँवर


न्युज अफ नेपाल, ललितपुर ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल अन्तर्गत ललितपुर महानगरपालिका–१८ युवाको अध्यक्षमा हरिचन्द्र कुँवर चयन हुनुभएको छ । आज सम्पन्न निर्वाचन लक्षित युवा भेलाले कुँवरको  अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।

नेकपा एमाले बागमती प्रदेश सदस्य दामोदर खड्काको प्रमुख आतिथ्यमा गठित कार्यसमितिको  १७ सदस्यीय कार्यसमितिको  उपाध्यक्षमा रोहित खड्का, सचिवमा  सुमन खड्का, उपसचिव सजीव रोक्का चयन हुनुभएको छ ।

 समितिको  सदस्यमा राजेश थापा मगर, सुदिप कुँवर, नविन महर्जन, दिवाकर शाक्य, प्रदिप खड्का, रमेश अछामी, विजय र्पुकुटी, समिता थापा, प्रतीक्षा थापा मगर, अन्जली मिजार, तारा पोखरेल, दिपेश थापा मगर, रवि थापा चयन हुनुभएको छ । निर्वाचित कार्यसमितिका अध्यक्ष सहितका पदाधिकारीलाई युवा संघ नेपालका महानगर कमिटीका अध्यक्ष सुरज महर्जनले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

 निर्वाचित कार्यसमितिका पदाधिकारीलाई युवासंघ महानगर कमिटिका अध्यक्ष महर्जन, प्रमुख अतिथि एवं प्रदेश सदस्य दामोदर खड्का, अमृत खड्का, एमाले महानगर कमिटीका अध्यक्ष एवं उपमेयरका उम्मेदवार मन्जली शाक्य ( आस्था) र मेयरका उम्मेदवार एवं एमाले केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारले शुभकामना दिनुभएको थियो ।  साथै सोही कार्यक्रममा  १ सय १ सदस्यीय वडा–१८   निर्वाचन परिचालन कमिटी गठन गरिएको थियो ।