पाल्पामा पनि भागबन्डाको टुंगो


पाल्पा । 

केन्द्रिय तहबाट स्थानीय निर्वाचनमा गठबन्धन गरी जाने सहमति भए अनुसार पाल्पामा पनि सत्तारुढ दलबिचको लामो छलफल पछि भागबन्डा गरी टुंगो लगाएका छन । पटक पटकको छलफल पश्चात् शनिवार बसेको गठबन्धनको बैठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबन्डा टुंगो लगाएको हो ।

नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको सभापतित्वमा बसेको गठबन्धनको बैठकले नेपाली काँग्रेसलाई दश स्थानीय तह मध्ये ६, नेकपा माओवादी केन्द्रलाई २, नेकपा एस (एकीकृत समाजवादी)लाई २ वटा पालिका दिने गरी भागबण्डको टुंगो लगाएको नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिनुभयो । नेपाली काँग्रेसले नपिस्दी गाउँपालिका, रामपुर नगरपालिका, माथा गढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका र रैनदेवी छहरा गाउँपालिकामा अध्यक्ष-प्रमुख पाएको छ ।

यस्तै नेकपा एस (एकीकृत समाजवादी)ले पूर्व खोला गाउँपालिका र रम्भा गाउँपालिकामा अध्यक्ष पाएको छ । नेकपा माओवादी केन्दको भागमा भने तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका परेको छ ।यस्तै नेपाली काँग्रेसको उपप्रमुख÷उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्व खोला गाउँपालिका, रम्भा गाउँपालिका, माथा गढी गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका परेको छ ।

नेकपा एस (एकीकृत समाजवादी)को भागमा उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ भने माओवादी केन्द्रको भागमा नपिस्दी गाउँपालिका, तानसेन नगरपालिका र रैनदेवी छहरा गाउँपालिका परेका छन् । वडाको बाँडफाँड भने सम्बन्धित पालिकाले लगाउने सहमति भएको छलफलमा सहभाागि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल किशोर घिमिरेले जानकारी दिनुभयो । पालिका बाँडफाँड भए पनि दलहरूले उम्मेदवार भने निश्चित गरेका छैनन् । उता नेकपा एमालेले भन जिल्लाका धेरै जसो स्थानीय तहमा उम्मेदवारको भने टुंगो लगाइसकेको र केहीमा भने बाँकी रहेको जनाएको छ ।
गठबन्धन दल बिच सहमति जसअनुसार प्रमुख उपप्रमुखको बाँडफाँड
१. रामपुर नगरपालिका – प्रमुख – नेपाली काङ्ग्रेस, उपप्रमुख – नेपाली काङ्ग्रेस
२. नपिस्दी गाउँपालिका – प्रमुख – नेपाली काङ्ग्रेस, उपप्रमुख – माओवादी केन्द्र
३. पुर्बखोला गाउँपालिका – प्रमुख – एकीकृत समाजवादी उपप्रमुख –नेपाली काङ्ग्रेस
४. माथा गढी गाउँपालिका – प्रमुख – नेपाली काङ्ग्रेस, उपप्रमुख – नेपाली काङ्ग्रेस
५. रम्भा गाउँपालिका – प्रमुख – एकीकृत समाजवादी उपप्रमुख –नेपाली काङ्ग्रेस
६. बगनासकाली गाउँपालिका – प्रमुख – नेपाली काङ्ग्रेस, उपप्रमुख एकीकृत समाजवादी
७. तानसेन नगरपालिका – नेपाली काङ्ग्रेस, उपप्रमुख – –माओबादी केन्द्र
८. रिब्दिकोट गाउँपालिका – प्रमुख – माओबाद केन्द्र ,उपप्रमुख – – नेपाली काँग्रेस
९. तिनाउ गाउँपालिका – माओबाद केन्द्र, उपप्रमुख – – नेपाली काँग्रेस
१०. रैनादेबी छहरा गापा नेपाली काङ्ग्रेस, उपप्रमुख – –माओबाद केन्द्र
यस अघिको निर्वाचनमा नेपाली काँग्रेसले रामपुर नगरपालिकामा प्रमुख उपप्रमुख, माथा गढी र रैनदेवी छहरामा पनि प्रमुख उपप्रमुख तथा वगनासकालीमा प्रमुख पदमा विजयी भएको थियो भने अन्य ६ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको थियो ।