प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरूको टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान देउवाले ५ सदस्यीय टोलीलाई भेट गरेका हुन् ।

भेटका क्रममा नेपाल-अमेरिका मित्रता र सरकार, संसद्‍ र जनता आवद्ध बहुआयामिक साझेदारीका उपायबारे बिचार आदान प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 भेटवार्ताको क्रममा नेपाल जलवायु परिवर्तन लगायत विश्वव्यापी मुद्दामाथि पनि छलफल भएको बताइएको छ ।युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर अमेरिकी सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा रहेको उक्त टोली शुक्रबार साँझ नेपाल आइपुगेको हो।