मेयरमा चुनाव लड्न मधेस प्रदेशका कानुन मन्त्री यादव राजीनामा दिने तयारीमा


सुभेन्द्र दास ,लहान ।

 
आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न मधेश प्रदेशका एक जनमन्त्रीले राजीनामा दिने तयारीमा छन्। मधेस प्रदेशको कानून, न्याय तथा प्रदेश सभामा मिला मन्त्री प्रमोद कुमार यादवले राजीनामा दिन लागेका हुन्।

नेकपा एकीकृत समाजवादीका सिरहा जिल्ला अध्यक्ष समेत रहेका मन्त्री यादवले राजीनामा दिने तयारीमा रहेको बताए।नेकपा एकीकृत समाजवादीको सिरहानगर समितिले सर्वसम्मती रूपमा सिरहा नगरपालिकाको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेपछि मन्त्री यादव राजीनामा दिन जनकपुरधाम पुगेका छन्। छोटो प्रतिक्रिया दिँदै मन्त्रीयादवले भने,‘राजिनामा दिने प्रक्रियामा छु। अहिले छलफल चल्दै छ।’