स्वदेशी उत्पादन र स्वरोजगारमा जोड दिनुपर्छ :राष्ट्रपति भण्डारी


न्यूज अफ नेपाल, काठमाडाैं ।

औषधि तथा औषधिजन्य सामग्रीहरुको बृहत प्रदर्शनी नेपाल फर्मा एक्स्पो २०२२ उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार चितवनमा गर्नुभयो । औषधि उत्पादक संघ (एपोन)को आयोजनामा चितवनमा उक्त एक्स्पो बैशाख ९ गते देखि ११ गते सम्म हुँदैछ ।

प्रदर्शनीको उद्घाटनका क्रममा रास्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठुलो फड्को मारेको छ । अब नेपालमै धेरै प्रकारका औषधि उत्पादनका लागि लगानी बढाउने तर्फ जोड दिनुभयो । आर्थिक उपार्जनका क्षेत्रमा औषधि उत्पादन गर्ने उद्योगहरु प्रत्यक्ष रुपमा जोडिएको र यो राष्ट्रिय गौरवको कुरा हो भन्नुभयो ।

औषधि उत्पादन र निर्यात देशकै गौरवको बिषय हो । यसतर्फ उद्योगीहरुले गरेको लगानी देशको दिगो विकास र रोजगारीका लागि महत्वपूर्ण हुनुपर्छ भन्नुभयो ।नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले नेपालमा अहिले एक सय भन्दा बढी औषधि उधोगहरु संचालनमा रहेको बताउनुभयो । नेपाली औषधि उद्योगहरुको क्षमता अनुसार औषधि उत्पादन गर्न सरकारको सहयोगको खाँचो पर्दछ । अहिले कुल क्षमताको ५० प्रतिशत मात्रै औषधि उत्पादन भैरहेको बताउनुभयो । एपोनका पुर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपालका औषधि उद्योगहरु नेपालाई औषधिमा आत्मनिर्भर बनाउँन चाहन्छन भन्नुभयो । भारत र बंगलादेश सरकारले औषधि उद्योगहरुलाई सहयोग गरेकै कारण सस्तोमा औषधि उत्पादन गर्नुका साथै अन्य मुलुमा निर्यात गर्न सफल भएका छन् भन्नुभयो ।

उहाँले बंगलादेशले १ सय २० मुलुकमा औषधि निर्यात गरिरहेको छ । नेपालमा औषधि सल्लाहकार समितिको बैठक बस्न सकेको छैन भन्नुभयो । नेपालको औषधि उद्योगहरुलाई सरकारले कच्चा पदार्थ भित्र्याउँन भन्सार शुल्कमा सघाउँने हो भने ८० प्रतिशत आत्मनिर्भर हुन सक्छ ।

अहिले पनि नेपालको औषधि उद्योगहरुले ४५ प्रतिशत औषधि धान्दै आएको छ । नेपालको औषधिले विदेशी बजारसँग प्रतिस्पर्धा गर्नुपर्छ । यतिमात्र नभै भारतका औषधि उद्योगहरुको तदारुक्तालाई हेर्दा अब भारतले ८ प्रतिशत मात्र उत्पादन बढायो भने नेपाललाई निशुल्क दिन सक्छ । यो हाम्रो लागि गम्भीर बिषय हो । अहिले नेपाली उधोगका सेनिटाइजर बिक्दैन,भारतबाट आएको मात्र बिक्रीवितरण भइरहेको छ । यो अवस्थामा सरकारको ध्यान पुग्नु जरुरी छ दाहालले भन्नुभयो ।

एपोनका निवर्तमान अध्यक्ष जिनारायण छेत्रीले नेपालमा पनि औषधि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । कोरोना कालमा भारतले औषधि निर्यातमा निशेध गरेको भएपनि नेपालमा नेपालकै औषधि उद्योगहरुले औषधि अभाव हुन नदिएको बताउनुभयो । यसले नेपाली औषधि पनि अन्तर्रास्ट्रिय स्तरको छ भन्ने प्रमाणित गर्दछ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले गुणस्तरीय औषधि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । कार्कीले औषधि ब्यबस्था बिभागले औषधि क्षेत्रमा सहजताका लागी काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल उधोग बाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले उधोग ब्यबसाय क्षेत्रमा ठुलो घाटा ब्यहोरेको अवस्थामा औषधि उधोगमा प्रगति हुँदै गएको बताउँनुभयो । कोभिड १९ ले औषधि उद्योगहरुलाई अझ मजबुत बन्न सिकाएको छ र ५० अर्बको हिस्सा ओगाटेको पनि छ । यो अवधिमा औषधिको बजार १८ देखि २० प्रतिशतले बढेको छ । औषधि ऐन २०३५ संसोधन गर्नुपर्ने उहाँको भनाइ छ । यो प्रदर्शनीले औषधिको खरिद विक्री मात्र नभै नीति निर्माणका लागि पनि फलदायी हुने अपेक्षा गरिएको छ भन्नुभयो ।

एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिनुभयो । संयोजक बरालले एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुने जानकारी दिदै सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिएको बताउनुभयो ।

एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने अपेक्षा गरिएको छ । उहाँले एक्स्पोले नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने,नेपालको औषधी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्ने बताउनुभयो । बरालले औषधी प्राबिधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने विश्वास लिएको बताउनुभयो ।