काठमाडौं ।
कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन हलमा नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा नेपाल कम्युनिस्ट पार्टीको ७३औ स्थापना दिवस तथा १५३औ लेलिन जयन्ती सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
,शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन बैधकिरण कार्यक्रममा बोल्दै नेपालमा कम्युनिस्ट आन्दोलन केही सकारात्मक पनि भएका छन्, केहि नकारात्मक पनि देखा परेका छन् ।अब हामीले सही तरिका समीक्षा गरी नयाँ कम्युनिस्ट आन्दोलन अगाडि बढाउनु पर्छ। हामी ५ कम्युनिस्ट पार्टी यहाँ आएका छौ।
अब हामी सबै कम्युनिस्ट एक ठाउँमा आउनु पर्छ। ७३ वर्षमा हामीले धेरै सघर्ष गर्यौँ । सशस्त्र सघर्ष, वर्ग सघर्ष गर्यौँ , जनयुद्ध गर्यौँ , फरक यति मात्रै भएको हो कि , यसलाई हामीले सही दिशा दिन सकेनौं । नेपालमा गणतन्त्र कसरी आयो , सघियता , समानुपातिक , धर्म निरपेक्षता कसरी आयो र राज संस्थाको अन्तय कसरी भयो भने हामी सबैलाई थाहा छ।
हालको परिस्थिति हेर्दा कम्युनिस्टहरू फुटको संघारमा पुग्नुले कम्युनिस्ट आन्दोलनलाई समाप्त पर्न खोजेको बताउनुभएको छ । कम्युनिस्ट बिचार धारालाई स्पष्ट रूपमा लिएर हिँड्न नसक्नु र काँग्रेस को साहारामा राजनीति गर्नु कम्युनिस्ट बिचार धारालाई कुण्ठित गर्नु हो उहाँले बताउनुभयो । यस्तै तरिकाले राजनीति गर्दै जाने हो भने नेपालमा कम्युनिस्ट पार्टी को अस्तित्व खतरामा पर्दै जाने बताउनुभएको छ ।
प्रतिक्रिया