आठौँ नेपाल फर्मा एक्स्पो २०२२ को राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 
चितवनमा आजदेखि सुरु भएको आठौँ नेपाल फर्मा एक्स्पो २०२२ को राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्नुभएकोछ । नेपाल औषधि उत्पादक संघको आयोजनामा सञ्चालन भएको एक्स्पोको राष्ट्रपति भण्डारीले उद्घाट गर्नुभएको हो ।
नेपालमा औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधिउत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
एक्स्पोमा रहेका १ सय ६० स्टलमा औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १ सय २० वटा बहुराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधि उद्योगले भाग लिँदैनन् ।