माओवादीबाट ललितपुर महानगर उपमेयरमा बज्राचार्यको नाम सिफारिस


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ । माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ । जस कारण माओवादीले उपमेयरमा मात्र नाम सिफारिस गरेको हो ।