सामाजिक सञ्जालको दबाबका कारण जाहेरी दिएको नाबालिगका बुबाको बयान्

0
Shares

मिला दरै, तनहुँ । 

अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेलगत्तै जाहेरीकर्ता उनका बाबुले पनि बयान फेरेका छन्।

तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले बयान फेरेका हुन्। उनले यसअघि सरकारी वकिलसमक्ष दिएको बयानभन्दा अदालतमा फरक बयान दिएका छन्।पीडितका बाबुले बकपत्रका क्रममा जबरजस्ती करणी नभएको बयान दिएको पल शाहतर्फका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी गराए। जबरजस्ती करणी नै भएको रहेनछ, मैले बल्ल थाहा पाएँ भनेर बयान दिनुभएको छु उनले भने।

पीडितका बाबुको भनाइ उद्धृत गर्दै वाग्लेले भने ञसामाजिक सञ्जालमा अफवाह फैलाउँदै दबाब दिएर जबरजस्ती जाहेरी दिन बाध्य बनाइएको होपीडित भनिएकी नाबालिगले पनि आइतबार बयान फेरेकी थिइन्। पीडितले आफूले दबाबमा आएर त्यस्तो आरोप लगाएको बकपत्रका क्रममा बताएकी थिइन्।

नाबालिगलाई करणी गरेको अभियोगमा तनहुँ अदालतको आदेशबमोजिम शाह गत चैत १० गतेदेखि शाह पुर्पक्षका लागि थुनामा छन्।पलका तर्फबाट अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भइसकेको छ। यही मुद्दामा शाहविरुद्ध नवलपुर अदालतले पनि थुनामा राख्ने आदेश दिएको थियो।