भिएनसिएको आयोजनामा क्रिकेट प्रतियोगिता हुने


अष्ट्रेलिया ।

भिक्टोरियन नेप्लीज क्रिकेट एसोसियसन भिएनसिएको आयोजनामा क्रिकेट प्रतियोगिता हुने भएको छ  । क्रिकेट प्रतियोगिता बोइङ रोड स्ट्राटमोर हाइट्समा शनिबार र आइतबार  हुन लागेकाे हाे ।

 ‘ग्लोबल इन्टरफेस टि–१०’ क्रिकेट प्रतियोगितामा सहभागी हुने टोलीले सोमबार सो कार्यक्रमको टुंगो लगाएका हुन् । उक्त प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । भिएनसिएका अध्यक्ष सुजित बस्नेतका अनुसार  यस प्रतियोगितामा  माभेन क्रिकेट क्लब, ब्राइटन युनाइटेड क्लब, फार वेस्टर्न क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब र सगरमाथा स्पोर्ट क्बल(टिम बी) सहभागी हुने जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजक ग्लोबल इन्टरफेस एजुकेशन एण्ड भिसा सर्भिसेज रहेको छ । प्रतियोगिताको विजेता टोलीले ३ हजार डलर र उपविजेताले ५ सय डलर नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।