भन्सार छलीका सुन र मोबाइल बरामद


काठमाडौं ।

अवैध रूपमा भन्सार छली लैजान लागेको सुन तथा मोबाइलसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुली तिनपटन गाउँपालिका–३का वर्षीय हेमराज न्यौपाने र धादिङ निलकण्ठ नगरपालिका–७ का राजेन्द्र अधिकारी रहेका छन् ।

हेमराजको साथबाट ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आइफोन १३ प्रो म्याक्स त्यस्तै राजेन्द्रको साथबाट पनि ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आइफोन प्रो म्याक्स बरामद भएको छ ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा सुटकेसभित्र फल्स बटम बनाई उक्त सुन तथा मोबाइल राखेर भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।