चेन्नाई र मुम्बई फ्लप टिम बन्दै



नयाँ दिल्ली ।

आईपीएल २०२२ को शुरुवातीमा दुई टिमले निकै खराब प्रदर्शन गरेका छन् । ती दुवै विगतका आईपीएलमा सबैभन्दा धेरै ट्रफी जित्ने टिम हुन् । पाँचपटक विजेता बनेको मुम्बई इन्डियन्सले लगातार ६ खेल हारेको छ भने चार पटकको विजेता चेन्नाई सुपर किंग्सले लगातार ५ खेल हारेको छ । यो दुवै टिमका लागि निकै खराब शुरुवात बनेको छ । यी दुवै महारथी टिम यस सिजनमा अहिलेसम्म लप टिमको रूपमा अघि बढिरहेका छन् ।

यी दुई टिमको तुलनामा दुई नयाँ टिमले राम्रो प्रदर्शन गरिरहेका छन् । आईपीएलमा डेब्यु गरेका ती दुई टिम गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् हुन् । जारी सिजनको २७ खेल सम्पन्न भइसक्दा अंक तालिकामा यी दुवै टिम शीर्ष २ मा छन् भने अनुभवी टिम चेन्नाई र मुम्बई पुछारमा रहेका छन् । यदि, रेलिगेसनको प्रावधान रहेको भए यी दुवै टिमका लागि रेलिगेसनको खतरा भइसक्ने थियो ।

मुम्बईको ६ खेलमा हार
मुम्बई पहिलोपटक आईपीएलमा शुरुवाती लगातार ६ खेल हारेको छ । यसअघि पनि ६ लगातार खेल हार्ने टिम रहेका छन् । रोयल च्यालेन्जर्स बैंगलोर २०१९ मा र दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स) २०१३ मा लगातार ६ खेल हारेका थिए ।

मुम्बईले पहिलो खेल दिल्लीसँग ४ विकेटले हारेको थियो । दोस्रो खेलमा राजस्थान रोयल्ससँग २३ रनले पराजित भएको मुम्बई कोलकाता नाइट राइडर्ससँग ५ विकेटल हार्यो । चौथो खेलमा बैंगलोरसँग ७ विकेटले पराजित हुँदा अर्को खेलमा पन्जाबद्वारा १२ रनले माथ खायो । मुम्बईले शनिबार छैटौं खेल नयाँ टिम लखनउसँग १८ रनको हार व्यहोरेको थियो ।

मुम्बईका एक मात्र बलर
मुम्बईसँग हाल जसप्रीत बुमराह एक जना मात्रै राम्रो बलर छन् । ट्रेन्ट बोल्ट, एडम मिल्ने र राहुल चहरलाई टिमले मुक्त गर्नु टिमका लागि घाटा भएको छ । बलिङ विधामा बुमराहले मात्रै राम्रो गरे पनि उनलाई साथ दिन अन्य बलर देखिएनन् । मुम्बईले जोफ्रा आर्चरलाई ८ करोड भारुमा किनेको हो तर, उनी चोटको कारण उपलब्ध हुन सकिरहेका छैनन् । उनको अनुपस्थितमा बलिङ औसत भएपछि विपक्षी टिमले मुम्बईविरुद्ध चाहे जति रन बटुल्न सकिरहेको छ ।

हार्दिकलाई छोड्नु गलत
मुम्बईले हार्दिक पाण्डेलाई यस सिजनमा छाड्नु ठँलो गल्ती भएको छ । अलराउन्डर हार्दिकले मुम्बईबाटै २०१५ मा डेब्यु गरेका थिए । मुम्बईले उपाधि जित्दा उनको भँमिका महत्वपूर्ण रहेको थियो । उनी राम्रो ब्याटरका साथै राम्रो बलर पनि हुन् । उनको स्थानमा टिमले सँर्यकुमार यादवलाई राखेको हो ।

यस्तै, १५ करोड भारुमा किनेको ईशान किशनले सोचेजस्तो ब्याटिङ नगर्नु मुम्बईलाई घाटा भएको हो । शुरुवाती दुई खेलमा क्रमशः ८१ र ५४ रन बनाएर उनले टिमको लगानी सही ठाउँमा रहेको पुष्टि गरे । तर, यसपछि उनले निराश पारेका छन् । उनले पछिल्ला चार खेलमा क्रमशः १२, २६, ३ र १३ रन बनाए ।

दिल्लीका सहायक प्रशिक्षक शेन वाटसनले ईशानमाथि यतिका रकम खर्च गर्नु सही नभएको बताएका छन् । उनले भने–ईशान किशनमाथि यतिका रकम खर्च गर्नु सही भएन । उनी प्रतिभाशाली खेलाडी हुन्, तर उनी यसका लायक भएका छैनन् । फेरि, जोफ्रा आर्चरमाथि पैसा लगाउनु पनि गलत भएको छ । किनभने, उनी खेल्ने नखेल्ने नै तय भएको छैन ।

चेन्नाईले ६ मध्ये एक खेल जित्यो
चेन्नाईले जारी सिजनमा ६ खेल खेल्दा एक खेल जितेको छ । पहिलो खेलमा कोलकातालाई ६ विकेटले नतिजा सुम्पेको चेन्नाई दोस्रो खेलमा नयाँ टिम लखनउसँग ६ विकेटले पराजित भयो । तेस्रो खेलमा टिम पन्जाबसँग ५४ रनले पराजित भएको थियो ।

चौथो खेलमा हैदराबादले चेन्नाईलाई ८ विकेटले हरायो । यसपछि, पाँचौं खेलमा भने चेन्नाईले बैंगलोरलाई २३ रनले हराएर पहिलो जित हात पार्यो । तर, अर्को खेलमा नयाँ टिम गुजरातसँग ३ विकेटले हार्न पुग्यो ।

फाफ डु प्लेसिस नहुनाको फरक
चेन्नाईले यस सिजनमा टिमकै बलियो आधार फाफ डु प्लेसिसलाई मुक्त गर्नुले टिमलाई घाटा भएको हो । पँर्व भारतीय ब्याटर वसीम जाफरले यस सिजनमा चेन्नाईको असफलताको कारण डु प्लेसिस न हुनु बताएका थिए । उनी नहुँदा मध्य क्रम कमजोर बनेको उनको प्रतिक्रिया रहेको छ ।

यस्तै, सुरेस रैना पनि यस आईपीएलमा नहुँदा चेन्नाईले ठँलो नोक्सान बेहोरिरहेको छ । सुरेशलाई कुनै पनि टिमले किनेको थिएन । उनले आईपीएलमा ५ हजार ५ सय रन बनाइसकेका छन् । उनको उपस्थितिले चेन्नाईको मध्यक्रम ब्याटिङ बलियो पनि भएको थियो । तर, अहिले टिमले सुरेसलाई भित्र्याउन हेरिरहेको पनि बताएको छ ।

धोनीले कप्तानी छाड्नु गलत
महेन्द्रसिंह धोनीले कप्तानी छाड्नु पनि चेन्नाईको लागि घाटा भएको छ । उनको स्थानमा रविन्द्र जडेजालाई कप्तानी भार दिइएको छ । तर, यो निर्णय टिमको लागि गलत नै भएको छ । उनले अहिलेसम्म ६ खेलमा १ खेलमा मात्रै जित दिलाएका छन् । त्यसो त मैदानमा धोनी नै कप्तानीको रूपमा हावी भइरहेको देखिएको छ । पँर्व क्रिकेटर अजय जडेजा र हरभजन सिंहले यो कप्तानी परिवर्तन गर्ने निर्णय निकै गलत भएको बताएका छन् ।

ओपनिङ पनि फ्लप
ऋतुराज गायकवाड र रोबिन उथप्पा राम्रा ब्याटर हुन् । तर, उनीहरूले चेन्नाईलाई सोचेजस्तो ओपनिङ दिन सकेका छैनन् । उनीहरूको फिका प्रदर्शनले गर्दा चेन्नाईलाई अझ समस्यामा पारेको छ । पछिल्ला दुई सिजनमा राम्रो प्रदर्शन गरेका ऋतुराजले यस सिजनमा अहिलेसम्म ५ खेलमा क्रमशः ०, १, १, १६, १७ रन बनाएका छन् । बैंगलोरविरुद्ध ८८ रनको शानदार इनिङ खेलेका अर्का ओपनर उथप्पाले अरू खेलमा राम्रो खेल्न सकेनन् । उनले चार खेलमा क्रमशः ५०, १२, १५, २८ रन जोडेका थिए ।

कोरोनाले गर्दा टिम क्वारेन्टिनमा
जारी आईपीएल २०२२ मा कोरोनाले गर्दा दिल्ली टिम पँरै क्वारेन्टिनमा बस्नुपरेको छ । दिल्लीका फिजियोपछि मिचेल मार्सको कोरोना परीक्षण पोजिटिभ आएपछि पँरै टिमलाई क्वारेन्टिनमा राखिएको हो । दिल्लीको टिमलाई पुनेमा जान पनि रोक लगाइएको छ । टिमलाई मुम्बईमै क्वारेन्टिनमा राखिएको छ ।

दिल्लीको अर्को खेल २० अप्रिल यानि बुधबार पन्जाब किंग्ससँग खेल्नु पर्नेछ । क्रिकबजको रिपोर्टअनुसार १६ अप्रिलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलअघि दिल्ली क्यापिटल्सका फिजियो पेट्रिक फरहार्ट कोरोना पोजिटिभ भएको भेटिएको थियो । यसपछि एक खेलाडीलाई कोरोना पोजिटिभ भएको छ ।

पछिल्लो सिजनमा पनि ८ जनामा कोरोना पोजिटिभ भेटिएपछि आईपीएल रोकिएको थियो । गत वर्ष अप्रिल–मेमा आयोजित आईपीएलको १४औं सिजनमा ३ दिनमा ३ टिमका ४ खेलाडी, २ प्रशिक्षक र २ अन्य पदाधिकारीलाई कोरोना संक्रमण भएको थियो । त्यसबेला २९ खेलपछि नै आईपीएल स्थगित गरिएको थियो । पछि बाँकी ३१ खेल अक्टोबरमा यँएईमा खेलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्