धादिङ जिल्ला फुटबल संघमा खतिवडा



धादिङ ।

धादिङ जिल्ला फुटबल संघ (एन्फा) को अध्यक्षमा दीपक खतिवडा पुनः निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयनका लागि आइतबार भएको साधारण सभाबाट खतिवडाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन भएको हो । खतिवडा यसअघि पनि धादिङ जिल्ला फुटबल संघका अध्यक्ष हुन् । एन्फा धादिङको उपाध्यक्ष सुरेश तामाङ, मनराज गोदार र राजन भण्डारी निर्वाचित भए ।

यसैगरी, संघको महासचिवमा पुनः रामहरी थापा र कोषाध्यक्षमा राजेश सुवेदीलाई चयन गरिएको छ । कार्यसमितिको सदस्यहरूमा दिनेश आचार्य, गोविन्द श्रेष्ठ, प्रकाश कुमार खरेल, पँर्णबहादुर गुरुङ, उत्तम प्रसाद सुवेदी, रेमश अधिकारी, गणेशमान श्रेष्ठ र ध्रुव थापा निर्वाचित भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन नजिकिँदै गर्दा धादिङ जिल्ला फुटबल संघले नयाँ कार्यसमिति पाएको हो । एन्फाको साधारण सभाको संघीय सांसद भँमि त्रिपाठीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्