राष्ट्रपतिपतिद्वारा राष्ट्रिय पुरस्कार प्रदान

0
Shares

चलचित्र विकास बोर्डको आयोजनामा आईतवार राष्ट्रपति भवन, शितल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोहमा विभिन्न कलाकर्मी तथा प्राविधिक सम्मानित र पुरस्कृत भएका छन्। हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह कोरोनाका कारण गत २०७६ र ०७७ मा हुन नसकेपछि दुवै वर्षको पुरस्कार तथा सम्मान आइतबार प्रदान गरिएको हो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकर्मी र प्राविधिकलाई सम्मान र पुरस्कार प्रदान गरेकी थिइन्।

दीपक र सुरक्षा उत्कृष्ट

समारोहमा २०७६ र २०७७ मा प्रदर्शन भएका फिल्ममध्येबाट विभिन्न विधामा जनही नगद २५ हजार, प्रमाण पत्र र टझफीसहित राष्टिझय चलचित्र पुरस्कार प्रदान गरियो।समारोहमा फिल्म आमाले उत्कृष्ट फिल्मको अवार्ड चुमेको छ भने निर्देशक दीपेन्द्र के. खनाल र अभिनेत्री सुरक्षा पन्त यसै फिल्मबाट भए। त्यस्तै, छ माया छपक्कैबाट दीपकराज गिरीले अभिनेता र हरि हुमागाईंले छायांकनको अवार्ड चुम्दा जीवन काँडा की फूलबाट अवस्था थापाले प्रोत्साहन जुरी पुरस्कार, रातो टिका निधारमाबाट अंकित शर्माले नव प्रवेशी, जात्रै जात्राबाट प्रदीप भद्मराईले कथा, पटकथा र सम्वाद तथा कबड्डी कबड्डी कबड्डीबाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले सम्पादनको अवार्डलाई आफ्नो बनाए।

त्यसैगरी, आदिवासी, जनजाति एवं विभिन्न मातृभाषीको अवार्ड विधामा गुरुध्र भाषाको फिल्म पचे गोरे (गोरे बाजे) उत्कृष्ट भयो।त्यस्तै, २०७६ को विशेष चलचित्र पुरस्कारस्वरुप आमाकी निर्मात्री शर्मिला पाण्डे, निर्देशक दिपेन्द्र के.खनाल, गुरुध्र भाषाको फिल्म मि न्होर्बै टबाट आश बहादुर गुरुध्र र नालापानीका लागि रिमेश अधिकारी पुरस्कृत भए भने ०७७ को विशेष चलचित्रअन्र्तगत सरिता+ टेल मी हु आई एम उमेर ११ वर्षबाट रविन आचार्य सम्मानित भए।

भुवन र शम्भुजीतलाई दिर्घ सम्मान

राष्टझपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा सम्पन्न समारोहमा राष्टझपति भण्डारीले प्रथम अभिनेत्री भुवन चन्द थापालाई २०७६ र संगीतकार शम्भुजित बास्कोटालाई जनही तीन लाख ५१ हजार एक सय ११ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्लासहित ०७७ सालको दीर्घ साधना सम्मानबाट सम्मान गरिन्।


पत्रकार गिरी र कलाकर्मीलाई योगदान सम्मान

समारोहमा राष्टझपति विद्यादेवी भण्डारीले विभिन्न विधामार्फत फिल्म क्षेत्रमा योगदान पुड्डयाउने कलाकर्मी तथा पत्रकारलाई विशेष योगदान सम्मान प्रदान गरिन्।

सो अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीसहित अभिनेता राजेश हमाल, सौगात मल्ल, अभिनेत्रीहरु चैत्यदेवी सिंह, गौरी मल्ल, शर्मिला मल्ल, निर्देशक शम्भु प्रधान, मदन घिमिरे, दीपाश्री निरौला, कलाकार रविन्द्र खड्का, रविन्द्र झा, निर्माता निर्देशक उदय सुब्बा, निर्माताहरु नवल खड्का, सुशिल पोखरेल, शर्मिला पाण्डे, अर्जुन कुमार डंगोल, चिरञ्जीवी बस्नेत, गीतकार शंकरप्रसाद कोइराला, गायक राजेशपायल राइ, संगीतकार सुरेशचन्द्र अधिकारी, गायिका लक्ष्मी आचार्य, छायाँकार राजु विक्रम थापा, नृत्य निर्देशक कमल राई, द्वन्द्व निर्देशक एनबी महर्जन, मेकअप म्यान सन्तु तामाध्र, प्राविधिक पुष्कर लामा, वितरक गोपालकाजी कायस्थ, प्रदर्शक अर्जुन श्रेष्ठ र निर्माता तथा कलाकार सुशान्तकुमार श्रेष्ठ विशेष योगदान सम्मानबाट सम्मानित भए। त्यसै गरी, फिल्म सम्पदा संरक्षणमा योगदान गरेवापत बोर्डका अधिकृत चिरञ्जीवी गुरागाईं, गिरिश शर्मा, प्रभाकर भद्मराई र निर्मला चौलागाईंलाई सम्मानित गरियो भने बोर्डका विभिन्न कर्मचारीलाई पुरस्कार प्रदान गरियो।

नेपाली फिल्ममाथि प्रहार भइरहेको छ: दयाराम दाहाल

समारोहमा बोर्डका अध्यक्ष दयाराम दाहालले आफ्नो कार्यकालभरी बोर्डमा रहेर गरेका कार्यको चर्चा गर्दै कोभिड १९ पछि सिनेमा घर सञ्चालन तथा फिल्म निर्माण सुचारु गर्नु आफ्नो प्रमुख काम रहेको बताए। उनले नेपाली फिल्ममाथि भएको प्रहारलाई रोक्नुपर्नेमा पनि जोड दिए। ञअहिले राष्टिझय चलचित्रमाथि निरन्तर प्रहार भइरहेको छ। यसलाई कुनै पनि हालतमा रोक्नुपर्छ। यसमा प्रदर्शन, वितरण र निर्माणमा संलग्न महानुभावहरुको इमान्दारिता र सहयोगको खाँचो छ।

निर्माता, कलाकार, वितरक, प्रदर्शक र प्राविधिक हामी सबै नेपाली हौँ र राष्टिझय चलचित्र उत्थनका लागि हामी सबैको प्रयास नेपाली मर्मअनुसार हुनुपर्छ। बोर्डलाई सबै पक्षको सहयोग आवश्यक छु दाहालले भने।बोर्डका सदस्य सचिव टंकबहादुर महतले नेपाली फिल्मका विभिन्न विधामा योगदान दिने श्रष्टालाई गरिएको सम्मान कोसेढुंगा सावित हुने चर्चा गरे भने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले फिल्म निर्माणलाई मर्यादित बनाउन तथा बजारीकरण र समयसापेक्ष तथा मौलिक र यथार्थपरक फिल्म निर्माणमा सहजीकरण गर्न तत्परता व्यक्त गरे।

राष्टझपति भण्डारीले फिल्म उद्योगको उन्नयन, समयअनुकूल नीति निर्माणका लागि बोर्डले खेल्दै आएको भूमिका सह्रानीय भएको बताइन्। ञचलचित्र वर्तमान यथार्थ चित्रण गर्ने माध्यम हो। यस कारण चलचित्रले स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्दछ भने भावी पुस्तामा संस्कृति हस्तान्तरण, सार्वभौमसत्ताको स्थायित्व तथा संस्कृतिको संरक्षण तथा स्वस्थ समाज निर्माणमा महङ्कवपूर्ण भूमिका खेल्नुपर्दछु राष्टझपति भण्डारीले भनिन्।