मन्त्री रेग्मी अस्पताल बाट डिस्चार्ज



काठमाडौं ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी  स्वास्थ्य उपचारपछि डिस्चार्ज हुनुभएको छ । काठमाडौंको वीर अस्पतालमा पाँच दिन टाउकोमा जमेको रगतको उपचार पछि  आज साँझ डिस्चार्ज भएर पुलचोक स्थित मन्त्री निवास फर्कनु भएको हो ।

डिस्चार्जपछि अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले  स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिनुभयो ।  राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएर एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि  बुधवार बिहान उपचारका लागि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । ज्वरो र भोमिटिङ्गको कारण पनि स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच  दिन सम्म अस्पतालमै राखेर उपचार गर्नुपरेको हो । मन्त्री रेग्मीलाई चिकित्सकले १ हप्ता निवासमै आराम गर्न सुझाव दिनुभएको मन्त्रीका  स्वकीय सचिव हिमाङ्क भण्डारीले बताउनुभयो ।

स्वास्थ्यमा सुधार आएपछि अस्पताल प्रशासनले मन्त्री उमा रेग्मी लाई आजै डिस्चार्ज गर्ने जानकारी गराएको थियो । मन्त्री रेग्मीले उपचारमा सहयोग गर्ने  डाक्टर, चिकित्सक, नर्स , अस्पताल प्रशासन लगायत सम्पूर्ण लाई  धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्