अवार्डको तछाडमछाड

0
Shares

वर्ष २०७८ मा कोरोना जोखिम र त्यसका कारण लगाइएको निषेधाज्ञाका बाबजुद तछाडमछाडका साथ अवार्ड कार्यक्रम भए। वास्तविक रुपमै प्रतिभा र कामको मूल्यांकन गरेर प्रदान गरिने अवार्ड र निहीत स्वार्थ पूरा गर्नका लागि बाँडिने अवार्ड कार्यक्रम वर्षभरि नै आयोजना भए। यसरी कोरोनाकै बीचमा विभिन्न उद्येश्यका साथ गीत संगीत तथा फिल्मका विभिन्न विधामा दर्जनौं अवार्ड भए।

वैशाख दोस्रो साता राजधानीमा आयोजित नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा गणेश पाण्डेद्वारा निर्देशित हिमाली भेगमा बस्दै आएका शेर्पा समुदायमा जारी बहुपती प्रथामा आधारित वृत्तचित्र सहायक श्रीमान (को हजबेन्ड) उत्कृष्ट ठहरीयो। कथानक फिल्मतर्फ भने हिमाल उप्रेती निर्देशित आमा र डकुडझामातर्फ माधवराज खरेलद्वारा निर्देशित दुर्गामाण्डु सर्वोत्कृष्ट भयो। वैशाख अन्तिम साता नेपाल अन्तर्राष्टिझय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण भर्चुअलरुपमा सम्पन्न भयो। जसमा एक लाख रुपियाँसहित राष्टिझय फिचर फिल्मको अवार्ड ढोण्डुप छिरिध्रको आमा खाण्डोले चुम्यो। गौतम बुद्ध अवार्ड १५ सय डलरसहित भारतीय फिल्म डिक्सेनरीले पायो। नेपाली फिचर फिल्मअन्र्तगत लाटोकसेरोबाट नविन शिल्पकारले अभिनेता र सरिता गिरीले अभिनेत्रीको अवार्ड जिते।

वैशाख दोस्रो साता स्टार वन इन्टरटेनमेन्टको आयोजनामा संगीत र फेसनको क्षेत्रमा एक सय ३० अवार्ड प्रदान गर्दै नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७८ सम्पन्न भयो।साउन अन्तिम साता छायाँछवी क्रियसनको आयोजनामा राजधानीमा काठमाडौं शर्ट फिल्म फेस्टा २०२१ सम्पन्न भयो। जस्मा पुरन जोशी निर्देशित म्हः पुजा सर्वोत्कृष्ट डकुमेन्टिझ, अभिनव श्रेष्ठ निर्देशित स्विट सिक्सिटिन सर्वोत्कृष्ट शर्ट फिल्म सावित भए भने नवराज बुढाथोकी निर्देशित हाउस हजवेन्डले ईन्करेजमेन्ट अवार्ड जित्दा, लक्ष्मण सुवेदी निेर्देशित मेहन्दीको रंगले बेस्ट कन्सेप्ट स्क्रिप्ट, दिपेन्द्र लामा निर्देशित सावधानले पब्लिक च्वाईस अवार्ड र सरोज खनाल निर्देशित विहानीमै अस्ताएको सूर्यले जुरी अवार्ड जित्यो।

असोज तेस्राे साता संगीत क्षेत्रका ३५ विधालाई समेटेर नेपाल बेस्ट म्युजिक अवार्ड-२०२१ सम्पन्न भयो। असोजकै अन्तिम साता क्वालिटी फिल्म्सको आयोजनामा राजधानीमा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ भयो।कात्तिक १५ गते एएनपी मिडिया हाउसको आयोजनामा फिल्म, गीत संगीत, फेशन र इभेन्ट क्षेत्रमा अवार्ड तथा सम्मान प्रदान गर्दै राजधानीमा एएनपी अवार्डस २०२१ सम्पन्न भयो।कात्तिक २५ गते अर्थ नेपाल प्रालिको आयोजनामा राजधानीमा सम्पन्न तेस्रो सगरमाथा अवार्ड २०७८ मा गायिका ज्ञानु राणालाई १७ हजार पाँच सय ९६ रुपियाँ नगदका साथ लाईफटँईम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो।

कात्तिक तेस्रो साता दक्ष इन्टरनेसनलको आयोजनामा राजधानीमा गीत संगीतका विभिन्न विधामा अवार्ड प्रदान गर्दै स्टार इन्टरनेसनल अवार्डको दोस्रो संस्करण सम्पन्न भयो।मंसीर ९ देखि ११ सम्म राजधानीको होटल सोल्टी क्राउन प्लाजामा १३औं इजरायली फिल्म फेस्टिभल सम्पन्न भयो। इजरायली दूतावासले फेस्टिभलअन्तर्गत पहिलोपटक फस्ट इभर डझाइभ इन फिल्म शोज इन काठमाडौं आयोजना गरी सहभागीहरुलाई आ-आफ्नो गाडीमै बसेर फिल्म हेर्ने प्रबन्ध मिलाएको थियो।

मंसीर २३ देखि २७ गतेसम्म हिमाल एसोसियसनको आयोजनामा काठमाडौं अन्तर्राष्टिझय फिल्म महोत्सव किम्फ को १९औ संस्करण सम्पन्न भयो। महोत्सवमा डकुमेन्टझी, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन पिल्म गरी २८ मुलुकका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिएको थियो।
पुस ११ गते संगीतका ४२ विधामा अवार्ड र सम्मान प्रदान गर्दै नवौं म्युजिक खबर म्युजिक अवार्डस् सम्पन्न भयो। समारोहमा गीतकार राजेन्द्र थापालाई नगद ३० हजार पाँच सय ५५ का साथ दीर्घ साधना सम्मान तथा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई नगद १० हजार पाँच सय ५५ रुपियाँसहित संगीत पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

पुस तेस्रो साता अग्लेश्वरी हिल्स विकास कोषद्वारा राजधानीमा सम्पन्न जीवन्त नेपाल म्युजिक अवार्ड २०७८ मा संगीतकार शम्भुजित बास्कोटालाई ५१ हजार एक सय ५१ रुपैयाँसहित जीवन्त योगदान संगीत सम्मान गरियो भने संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान र गीतकार श्रवण मुकारुध्रलाई विशिष्ट योगदान संगीत सम्मान+२०७८ तथा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई पत्रकारिता सम्मानबाट सम्मानित गरियो।

पुस अन्तिम साता विमेन्स एरा मिडिया ग्रुप प्रालि नेपालको आयोजनामा राजधानीमा सम्पन्न दोस्रो हिमालय अवार्डमा शास्त्रीय संगीतकार तथा गायक गुरुदेव कामतलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो।फागुन पहिलो साता लिम्बू भाषा र संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड एफएलएफ अवार्ड २०७८ राजधानीमा सम्पन्न भयो। चैत महिनामा ६५ विधामा अवार्ड प्रदान गर्दै दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न भयो।

चैत्र महिनामा देश विदेशका विभिन्न विधाका फिल्म प्रदर्शन तथा बहस चलाउँदै राजधानीमा नेपाल अन्तर्राष्टिझय फिल्म फेस्टिभल (निफ) सम्पन्न भयो। फेस्टिभलको अन्तर्राष्टिझय प्रतिस्पर्धातर्फ बंगलादेशी फिल्म नो ग्राउण्ड बेनेअथ द फिट र राष्टिझय प्रतिस्पर्धातर्फ मोहन राई निर्देशित वान नाइट इन काठमाडौं: महानगर उत्कृष्ट फिचर फिल्म सावित भयो।चैत्र १६ देखि २० राष्टिझय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप बगैंचामा आयोजित टुबोर्ग छैटौं राष्टिझय रनिध्र शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता+२०७८ मा नगरकोट दोहोरी साँझका जीवन सिग्देल र अस्मिता डल्लाकोटी प्रथम, गामबेसी दोहोरी साँझका अर्जुन खड्का र शान्ता वली द्वितीय तथा क्विन रोधी घरका श्याम राना, हरिमाया रायमाझी, रश्मि बस्नेत र शर्मिला रायमाझी एवं लुम्बिनी प्रदेश बराबर नम्बर प्राप्त गरी तृतीय भए। विजयी समूहहरुलाई क्रमशः दुई लाख २५ हजार, एक लाख ५० हजार र एक लाख रुपियाँ नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

चैत्र २६ गते छायाँछवि क्रियसनको आयोजनामा काभ्रेको धुलिखेलमा सम्पन्न डी. सीने अवार्डको १२औँ संस्करणमा फिल्म छ माया छपक्कैले सर्वाधिक आठ विधाको अवार्डलाई आप्mनो बनायो भने मारुनी र साध्र्लोले ६÷६ विधाको अवार्ड जितेको छ। समारोहमा नगद २५ हजार एक रुपैयाँसहित प्रथम अभिनेत्री भुवन चन्द थापालाई लाइफटाइम लिजेन्डझी अवार्ड प्रदान गरियो। त्यस्तै, अभिनेता विजय लामा र अभिनेत्री तथा निर्देशक झरना थापालाई फिल्मकर्मी रजत सम्मान प्रदान गरियो।

०७८ ले गुमाएका १८कलाकर्मी

एक्लै बस्दै आएकी साहित्यकार तथा कलाकार शोभा केसीको वैशाख २१ गते डिल्लीबजारस्थित आफ्नै निवासमा निधन भयो। केही गीत समेत गाएकी शोभाले ३० नाटक, दुई दर्जन टेलिफिल्म र पाँच ठूला पर्दाका फिल्ममा अभिनय गरेकी थिइन्।मखमली स्वरका गायक तथा संगीतकार प्रेमध्वज प्रधानको हृदयघातका कारण वैशाख २३ गते उपचारका क्रममा सुन्धाराको बागदरबारस्थित काठमाडौं न्युरो एन्ड जनरल अस्पतालमा ८४ वर्षको उमेरमा निधन भयो। उनले आफ्नो जीवन कालमा सात सय ५० भन्दा बढी गीत गाएका थिए।

जेठ २ गते ख्यातीप्राप्त फिल्म निर्देशक, लेखक, गीतकार तथा खेलाडी चेतन कार्कीको ८४ वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भयो। स्व. हिरा सिह खत्रीको निर्देशनमा २०२८ सालमा बनेको फिल्म परिवर्तनमा पटकथा लेखक तथा गीतकार हुँदै सहायक निर्देशकका रुपमा काम गरेका उनले विश्वास, भूमरी, मनका आँखा, पहिलो प्रेमजस्ता फिल्म निर्देशन गरेका थिए।

गायक तथा संगीतकार स्वयम्भूराज शाक्यले ६४ वर्षको उमेरमा कोरोना संक्रमणबाटै वैशाख ११ मा ज्यान गुमाए। सांगीतिक करियर अघि बढाउने क्रममा उनले पाँच गिती अडियो एल्बम प्रकाशन गरेका थिए भने दुई सय ५० भन्दा बढी गीत गाएका थिए।जेठ ३० गते छायांकार रामशंकर प्रधानको उपचारका क्रममा ७२ वर्षको उमेरमा वीर अस्पतालमा निधन भयो। उनले चोट, मनकामना, तपस्या, मिलन, सौता, महादेवी, नाता, श्री स्वस्थानी, सान्नानी, चेली, रगत, चलचित्र, छोरो, फेरि तिम्रो याद आयो, लगनगाँठो, चक्रव्यूह, पूजा, अनमोल, कर्णवीर, अजम्बरी नाता, पर्खीबसेँ, जीवनमृत्यु, सुन्दर मेरो नाम, मन मुटु र माया, खुशी, प्रीतिको फूल, ज्यान हाजिर छ, अंगालो अंगालोमा, दामीनीसहित दर्जनौं फिल्म छायांकन गरेका थिए।

नयाँ राष्टझगानका समूह गायकमध्येका एक तथा स्थापित भजन गायक अजय थापाको असार ११ गते कोरोना संक्रमणको कारण निधन भयो।
असारको तेस्रो साता लेखक, निर्देशक तथा अभिनेता विशारद बस्नेतको कोरोना भाइरस संक्रमणका कारण ३९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भयो। भारत तथा नेपालमा विभिन्न नाटकमा अभिनय तथा अभिनय प्रशिक्षण गराउँदै आएका उनको अभिनय रहेको १२ दुर्वाशा नाटक निकै चर्चित थियो।राजधानीको नयाँ वानेश्वर, थापागाउँस्थित सनराईज अपार्टमेन्टमा बस्दै आएकी अभिनेत्री तथा निर्मात्री जेनी कँुवर असार २४ गते अपार्टमेन्टमै मृत भेटिईन्। पछिल्लो समयमा पशुपति क्षेत्रमा साधुको अवतारमा भेटिने गरेकी उनले हलचल, हाम्रो मिलन कहिले हुन्छ, घायल, त्यागी मान्छे, विन्तीपत्र, मिस्टर डनजस्ता करिव एक दर्जन फिल्ममा अभिनय गरेकी थिइन्।

आधुनिक चित्रकलाका अग्रणी चित्रकार तथा नेपाली फिल्मका प्रथम खलनायक उत्तम नेपालीको साउन ६ गते उपचारका क्रममा राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भयो। नेपाली कलाकारलाई लिएर नेपालमै बनेको पहिलो नेपाली फिल्म आमामा खलनायकका रुपमा अभिनय गरेका उनले मनको बाँध, परिवर्तनजस्ता फिल्ममा पनि विभिन्न भूमिकामा अभिनय गरेका थिए।
लोकप्रिय निर्देशक उमेशनाथ अर्यालको उपचारका क्रममा साउन २० गते ७५ वर्षको उमेरमा मनमोहन अस्पतालमा निधन भयो। उमेशले निर्देशन गरेको भीडदेखि भीडसम्म, पिँजडा, बन्धकमा परेको जीवन, यातना, आकाश पनि चुप छजस्ता थुप्रै शृंखला त्यस समयमा अत्यन्त लोकप्रिय भएका थिए।

कुशल छायाँकार तथा निर्माता भीम रानाको भदाैं १ गते कोभिडका कारण ६२ वर्षको उमेरमा बलम्बुस्थित नेपाल सशश्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भयो। माईली, लवकुश, वरमाला, राज्य, सम्झना, निशानाजस्ता फिल्मको छायाँकन गरेका उनले मायाप्रिती, बादल, सौभाग्यजस्ता फिल्ममा अभिनय समेत गरेका थिए।लोकप्रिय हास्यकलाकार तथा निर्मँता शम्भुराज थापाको ५५ वर्षको उमेरमा भदौ ५ गते कोरोना संक्रमणको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा निधन भयो। मह सञ्चारको आमा, मदनबहादुर हरिबहादुर, गोल्ड मेडल, भूकम्प, विष, साझा पृथ्वीलगायतका सिरियलका विभिन्न भूमिकामा अभिनय गरी लोकप्रियता कमाएका उनी पछिल्लो समयमा हल्का रमाइलो नामक हास्य सिरीयलबाट चम्किएका थिए।

भारतमा भएको सवारी दुर्घटनापछि तीन वर्षदेखि मृत्यु शय्यामा छट्पटाउन बाध्य मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा भदौ १६ गते निधन भयो। उपचारको अभावमा घरमा जिउँदो लास बनेर बस्नु परेको खबर थाहा पाएपछि नर्भिककी प्रबन्ध सञ्चालक मेघा चौधरीले उनको उद्धार गरी निःशुल्करुपमा उपचार गराउँदै आएकी थिईन्।लोकगायक बुद्धबहादुर खत्रीका भदौ २३ गते दोलखामा भिरबाट लडेर निधन भयो। दुई सयभन्दा बढी गीतमा स्वर दिएका उनले धेरैजसो आफ्नो जन्मथलो सिन्धुलीको सेरोफेरोका गीत गाउने गरेका थिए।
कलाकर रमेश केसी ञमद्मारेु को असोज ३ गते हृदयघातका कारण ६९ वर्षको उमेरमा निधन भयो। साथीभाइमाझ अभिनय गर्दागर्दै मर्न पाए पनि हुन्थ्यो भन्ने गरेका कलाकार रमेशकोे सुटिध्र सेटमै निधन भएको थियो।

आफ्नो सिंगो जीवन नाट्य क्षेत्रका लागि बिताएका ख्यातिप्राप्त नाट्यसाधक प्रचण्ड मल्लको पुस २ गते मीनभवनस्थित सिभिल अस्पतालमा उपचारका क्रममा ८८ वर्षको उमेरमा निधन भयो। फिल्म निर्देशक तथा लेखक रेशराज आचार्यको फागुन ४ गते हृदयघातबाट ६४ वर्षको उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भयो।ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको फागुन १० गते ६६ वर्षको उमेरमा निधन भयो। साथीभाइसँगको सिटिध्र सकेर भक्तपुरको कौशलटारस्थित निवासअगाडिको गेटसम्मपुगेका उनको घरभित्र पस्नुअघि राती गाडीमै निधन भयो। बिहान करिब सात बजेतिर स्थानीय बासिन्दाले उनलाई आधा शरीर गाडीभित्र र आधा शरीर बाहिर रहेको मृत अवस्थामा देखेका थिए।