सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त


काठमाडौं । 

सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । वरिष्ठतम एआईजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २८ गते अवकाश पाएपछि महानिरीक्षकको पद खाली थियो । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको हो ।
केसी अब १७ दिन सशस्त्र प्रहरी महानिरीक्षकको कुर्सीमा रहने छन् । ३० वर्षे सेवा अवधिका कारण केसीले १९ दिनपछि अवकाश पाउनुहुने छ ।

एआईजी रामशरण पौडेल पनि केसीसँगै अवकाश जाने हुनु भएको छ । त्यसपछि सरकारले पुनः नयाँ महानिरीक्षक नियुक्त गर्ने भएको छ । वैशाख २० गते सशस्त्रमा कार्यरत डीआईजी राजु अर्याल सो संगठनको प्रमुखमा नियुक्त हुने भएका छन् ।उहाँले संगठनको नेतृत्व ४ वर्ष गर्नुहुने भएको छ । तीन डीआईजी प्रतिस्प्रर्धामा रहे पनि अर्याल निर्विकल्प उम्मेदवारको रूपमा रहनुभएको छ ।