सेञ्चुरी बैंकको सीईओमा न्यौपाने नियुक्त

0
Shares

काठमाडाैं।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पद्माश्री मनोज न्यौपाने नियुक्त हुनुभएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उहाँ यसअघि सेञ्चुरी बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

काठमाडौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गर्नु भएका उहाँले बैंकिङ क्षेत्रमा १९वर्षभन्दा बढीको अनुभव हासिल गर्नुभएको छ । उहाँ बैंक व्यवस्थापन, सञ्चालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कमर्सियल बैंकिङ तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यावहारिक विज्ञता हासिल गर्नु भएका एक अनुभवी र कुशल व्यवस्थापकको रूपमा चिनिनुहुन्छ ।