एमएडब्लू अर्थ मुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर


काठमाडाैं ।

नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ ।

जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लू अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मान गरेको हो । जेसीबी युकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सीईओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दिपक सेट्टीले एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवाललाई संयुक्त रूपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णु अग्रवालले जेसीबीका ग्राहक, कर्मचारी र सरोकारवालालाई धन्यवाद ज्ञापन गर्नु हुँदै उहाँहरूकै साथ र सहयोगमा एमएडब्लू दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बन्न सफल भएको बताउनुभयो । ‘हामीलाई विश्वास छ, हाम्रा ग्राहक, सरोकारवाला र कर्मचारीको निरन्तर साथ रहेमा हामी अझ धेरै सफलताको उचाइमा पुग्नेछौं’ – उहाँले भन्नुभयो । एमएडब्लू अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडरजस्ता जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टहरूको बिक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।