सामुदायिक वनकै अध्यक्ष अवैध काठसहित पक्राउ



लहान  ।

सिरहाको मिर्चैया नगरपालिका ७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिका राम पोखरेल लाखौँ मूल्यको अवैध काठसहित पक्राउ परेका हुन् ।

तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स १ त ३६०७ ट्याक्टर उनी आफैले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्था सशस्त्र प्रहरी बल मिर्चैया वेस क्याम्पले नियन्त्रणमा लिएको हो ।

काठ अहिले सम्म नाप जोख नभएकाले कति हो भन्ने एकिन नभएको वन कार्यालयले जनाएको छ ।पक्राउ परेका पोखरेललाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय लहानलाई बुझाइएको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालयले पोखरेललाई जिम्मामा लिएको र काठ सुरक्षाका कारण ल्याउन नसकिएकाले अहिले ल्याउने कार्य भइरहेको डिभिजन वन कार्यालय प्रमुख गंगा प्रसाद यादवले जानकारी दिए ।

पक्राउ परेका पोखरेललाई म्याद थपको लागि जिल्ला अदालत सिरहा लगिएको बताइएको छ ।उनी नेकपा एमालेका स्थानीय नेतासमेत रहेको बताइन्छ । उनलाई छुटाउन पार्टीका जिल्लाका ठुला नेताहरू लागेको श्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्