प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी



हेटौंडा । 

स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै वागमती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा उजुरी परेको छ ।

प्रदेश सरकारले विनियोजन विधयेकविपरीत २ हजार २ सय ९९ योजनामा बजेट रकमान्तर गरेको आरोप छ ।वागमती प्रदेश मन्त्रिपरिषद्को फागुन ६ गतेको बैठक निर्णयले बजेट रकमान्तर गरिएको हो । संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने सरकारको निर्णय संविधान र कानुनविपरीत भएको भन्दै सरकारविरुद्ध उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले जनाएको छ ।

प्राविधिक लगत स्टिमेटबिना सम्भाव्यता अध्ययन नगरी स्थानीय तहले गर्दै आएका काममा दोहोरो हुने गरी प्रदेश सरकारले बजेट वितरण गरेको निवेदनमा उल्लेख भएको आयोगका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताउनुभयो । निवेदनउपर अख्तियारले छानबिन गर्ने उहाँको भनाइ छ ।

प्रदेश सरकारले निर्वाचनका बेला कार्यकर्तास“गको मिलेमतोमा रकम दुरुपयोग गर्ने मनशायले मनोमानी योजना छनोट गरी बजेट वितरण गरेको भन्दै प्रतिपक्ष दल एमालेले सरकारको विरोध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्