नेपाल टेलिकमले नयाँ अफर


काठमाडौं । 

नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरूले हर्षोल्लासका साथ पर्वका रूपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको अफर उपलब्ध गराएको हो ।

यो अफर आज चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ । अफरअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रू. ४९ मा उपलब्ध हुनेछ । यसैगरी, ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रू. ९८ मा खरिद गर्न सकिने छ । ८१४१५८११३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

यसका साथै दुई सय रुपैयाँदेखि रू. ४ सय ९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रू. ५ सय तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।