खड्गी समुदायद्वारा भिक्षु धर्मगुरू प्रशिक्षण थालनी



काठमाडौं । 

पूर्वमन्त्री डा.केशवमान शाक्यले गृहस्थमै भिक्षु बन्ने परम्परा लोप भइसकेको अवस्थामा खड्गी सेवा समितिले पुनजार्गित गरेको बताउनुभयो ।
समितिले सोमबार राजधानीमा आयोजित नेवाः धर्म गुरू प्रशिक्षण सार्वजनिक सामारोहमा उहाँले समाजबाट लोप भइसकेको परम्परालाई पुन थालनी गरेको बताउनुभएको हो ।

पूर्वमन्त्री शाक्यले चार हजार वर्ष अगाडि पहिचान बनाएका खड्गी समुदायले बौद्ध परम्परालाई पुनर्जगृत गर्नु एउटा आँट र आन्दोलन भएको यसको नेतृत्व डा. नरेशमान बज्राचार्यबाट हुनु ठूलो उपलब्धि भएको बताउनुभयो । महागुरू पण्डित बद्रीरत्न गुरुजुले १५औं बौद्ध सम्मेलनदेखि गृहस्थ जीवनमा भिक्षु बन्ने परम्पराको पुनर्जागण गर्नुभएको स्मरण गर्नुभयो ।सो समारोहमा १० जना खड्गी कुलपुत्र र ६ जना गुरूमा प्रवज्या सम्वर दान गरिएको थियो ।

धर्मगुरू डा. नरेशमान बज्राचार्यले खड्गी समुदायमा नायः गुरुजु अभावलाई पूर्ति गर्न समितिले थालेको पहल सह्रानीय रहेको तर प्रवज्या जजमान ठग्ने होइन कि संस्कार सुधारको मार्ग देखाउने गुरूजु बन्नुपर्ने बताउनुभयो । उहाँले भिक्षुत्व ग्रहण गर्दैमा सही अर्थमा गुरूजु नहुने भन्दै यो संस्कार मात्र बाह्रखरी मात्र भएको स्पष्ट पार्नुभयो ।बज्राचार्य अनुसन्धान टोली प्रमुख सानुराजा बज्राचार्यले बौद्ध धमलाई हाउस होल्डर मङ्कमार्फत घर–घर संरक्षित भइरहेको स्पष्ट पार्दै अब पुनर्जागरण गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा समितिका संरक्षक मनोज नेवाः र अध्यक्ष अञ्जिता खड्गीले देशव्यापी रूपमा बज्राचार्य परम्परालाई पुनः थालनी गर्न समितिले प्रयास गरिरहेको बताउनुभयो । जातीय पहिचान र समाजलाई लक्ष्यसहितको मार्गमा लैजान पनि बौद्ध संस्कारलाई समाजले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । सो सभालाई भिक्षुणी धम्मावती गुरुमाबाट पुनर्जगृत गृहस्थ भिक्षुत्व परम्परा सफलताका लागि सन्देश पठाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्