गुल्मी महोत्सवमा कृषिमा आकर्षण



 गुल्मी ।

कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव कृषि, पशुपंछीलाई उच्च प्रथामिकता दिइएको छ । गुल्मी जिल्लामा उत्पादित बिभिन्न कृषि, घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रर्दशन तथा बजारीकरणमा टेवा पु-याउने लक्ष्य लिइएको छ ।

गुल्मी महोत्सवमा जिल्लाबाट स्थनीय कच्चा पदाथए प्रयोग गरेर उत्पादन हुने सामाग्रीसँगै कफी, तरकारी, माहुरी, च्याउ, माछा, फलफूल, तरकारीका बिरुवा, जिल्लाको प्रसिद्ध गुणका परिकार अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक वस्तुहरू, लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिएको छ । जसले गर्दा महोत्सवमा आकर्षण बढाएको छ । नेपालमै कफी खेतीको सुरू गर्ने उद्यगम जिल्ला गुल्मी हो ।

महोत्सवमा जिल्लाको अर्गानीक कफी प्रर्दशनमा राखिएको छ । त्यस्तै, जिल्लामा परिचित थोर्गाको अर्गानिक स्वादिष्ट गुडका परिवार पनि राखिएको छ ।वुल्ममा कुमाल समुदायले निर्माण गर्ने माटाका भाडा बनाउने कार्यलाई पनि महोत्सवमा प्रदर्शनमा ल्याइएको छ । पलास्टिका भाडाले लोप हुन लागेको सेरामीक्स उद्योगलाई प्रर्वद्धन गरिएको छ ।

जसले गर्दा बजारी करणमा टेवा पुग्ने अपेक्षा कृषकहरूको रहेको कृषक गोकर्ण नेपालीले बताए । उनले महोत्सवमा घाँसका बिरुवा ल्याएको छन् । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले कजिल्लामा स्थानीय कच्चा पदार्थबाट उत्पादन गरेका वस्तुहरूको प्रवद्र्धन गरेर जिल्ला बाहिर निर्यात गर्नु प्रमुख उदेश्य रहेको घिमिरेले बताए ।

चैत २५ गतेबाट सुरू भएको महोत्सव वैशाख ४ गतेसम्म चल्ने छ । कृषिसँगै जिल्लामा विभिन्न जाति विशेष रहेका खाना परिकारहरू, विभिन्न संस्कृति झल्कीने झाँकीहरू पनि महोत्सव अवधिभर प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्