सत्तासाझेदार दलले पालिकास्तरीय सुझाव संकलन गर्ने



तनहुँ  । 

अगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको बैठकले १० वटै पालिकामा सुझाव संकलन गर्ने निर्णय गरेको छ ।

सोमबार नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले चार नगरपालिका र ६ गाउँपालिकामा पालिकास्तरीय सुझाव संकलन गर्ने निर्णय गरेको हो ।

चार नगरपालिका र ६ गाउँपालिकामा पालिकास्तरीय सुझाव संकलन गर्ने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को बैठक वैशाख २ गते बस्ने निर्णय गरेको छ । ‘गठबन्धनलाई बलियो बनाउनका लागि पालिकास्तरीय सुझाव संकलन गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकले सहमति गरे अनुरूप कार्य अगाडि बढाउनेछौं,’ उहाँले भन्नुभयो– ‘पालिकास्तरमा बैठक राखेर सुझाव संकलन गर्छांै र अर्को बैठकबाट कसरी अगाडि बढ्ने तयारी चल्छ ।’

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् । बैठकमा कांग्रेस जिल्ला सभापति जितप्रकाश आले, माओवादी केन्द्रका अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने, एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्कीलगायतको सहभागितामा उक्त निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्