रौतहटका रूपेश बने च्याम्पियन


काठमाडाैं ।

नेपाल बुद्धिचाल संघका पूर्व सहअध्यक्ष सान्तेषमानसिं प्रधानस्मृति खुल्ला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा फिडेमास्टर रूपेश जैसवाल च्याम्पियन बनेका छन् ।

रौतहटका रूपेशले ९ चरणको खेलमा ८ अंक प्राप्त गरेका थिए । अन्तिम खेलमा उनले अर्का फिडेमास्टर क्षितिज भण्डारीलाई सडेन डेथ टाइब्रेकमा हराएका थिए । उनले आकर्षक ट्रफिसहित नगद ५१ हजार एक सय हात पारे ।त्यसैगरी, एसियन एमेच्योर च्याम्प्यिन हेटौंडाका कृष्ण थापा साढे ७ अंकका साथ दोश्रा भएका छन् । कृष्णले नवौं खेलमा लुभु ललितपुरका युवा खेलाडी सुरोज महर्जनलाई हराएका थिए । उनले नगद ३० हजार तीन सय प्राप्त गरे ।

ललितपुर स्पोर्टस क्लबद्धारा आयोजित प्रतियोगितामा फिडेमास्टरद्धय क्षितिज भण्डारी तेश्रो भए । उनले नगद २० हजार दुई सय जिते । त्यस्तै, दमक झापाका राजन सुवेदी चौथौ, ललितपुरका रत्न ब्यन्जनकार पाँचौं, फिडेमास्टर मनीष हमाल छैटौं, सुरोज महर्जन सातौं, सजिन महर्जन आठौं, बद्रिलाल नेपाली नवौं र सूर्यकिरण साकोस भक्तपुरका युवा खेलाडी निकेन कुसाथा दशौं स्थानमा रहे ।४ दिने प्रतियोगितामा सुरज सिंह, ताप्लेजुङ्गका हरि सुब्बा, धनुषाका सुशील चौधरी, बुटवलका शिखर रेग्मी र काभ्रेका खोमप्रसाद तिमल्सिना क्रमशः उत्कृष्ट एघारौंदेखि पन्ध्रौं भए । उनीहरूले जनही नगद पाँच हजार प्राप्त गरेका थिए ।

त्यसैगरी, महिलातर्फ विनिता कपाली प्रथम, दमककी पुनम प्रसाईं द्वितीय र इन्दिरा जोशी तृतीय भए । यु १६ मा भक्तपुरका मिराज गांसी प्रथम, काठमाडौंकी लक्ष्य मोर दोश्रा र भक्तपुरकै रोनिक बासुकला तेश्रो रहे ।स्विस लिग ९ चरणको खेल भएको प्रतियोगितामा भेट्रानतर्फ पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, रेटिङ्ग समूहमा १८०० मुनि माउन्ट एभरेस्ट चेस क्लबका धिरेन राई, १६०० मुनी धरानका विनय राई र १४०० मुनी कैलालीका दीपक भट्ट उत्कृष्ट रहे । उनीहरूले जनही नगद ४ हजार प्राप्त गरे ।

त्यस्तै, अनरेटेडतर्फ हेमराज भण्डारी प्रथम, दोलखाका कविन्द्र सिवाकोटी दोश्रा र साँखुका सूर्यनारायण अवाले तेश्रा भए । उनीहरूले क्रमशःनगद पाँच हजार, तीन हजार र दुई हजार प्राप्त गरे भने कञ्चनपुरका भीमदत्त पाण्डे अनुशासित खेलाडी बनेर नगद ३ हजार जित्न सफल रहे ।