फलेबासले ग-यो पाँचवर्षे उपलब्धि सार्वजनिक

0
Shares

पर्वत । 

पर्वतको फलेबास नगरपालिकाले पाँचवर्षे उपलब्धिसहितको श्वेतपत्र सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित जग्गादाता सम्मान कार्यक्रमका बीच पाँच वर्षका उपलब्धिहरु सार्वजनिक गरिएको हो ।

नेपाल नगरपालिका संघबाट उत्कृष्ट भएर पुरस्कृतसमेत भएको नगरपालिकामा दर्जनौं राम्रा अभ्यास र विकास निर्माणका कामलाई श्वेतपत्रमा समावेश गरिएको छ । नगरपालिकाले जारी गरेको श्वेतपत्रमा नगर विकास गुरुयोजना निर्माण, नगर विकास योजना निर्माण, नगरको विकासका लागि गौरव तथा रूपान्तरण गर्ने योजना कार्यान्वयन, भौतिक बिकास, पूर्वाधार निर्माण, सामाजिक विकास, पर्यावरण संरक्षण तथा संस्थागत र सुशासनका क्षेत्रमा गरिएका प्रयासहरुलाई समावेश गरिएको छ ।

नगरप्रमुख पदमपाणी शर्मा आफ्नो टिम निर्वाचित भएर आएपछि फलेबासमा हरेक क्षेत्रमा उत्कृष्ट बनाउन सफल भएको दाबी गर्नुभएको छ । उहाँका अनुसार नगरपालिका संघबाट वित्तीय व्यवस्थापन तथा सुशासनका क्षेत्रमा उत्कृष्ट बनेर पुरस्कृत भएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता मूल्यंकंनमा गण्डकी प्रदेशका ८१ वटा स्थानीय तहमध्ये फलेवास उत्कृष्ट भएको छ ।

वित्तिय जोखिम निरीक्षका क्रममा फलेबासले ८७ दशमलब ७ अंक हासिल गरेको छ । ‘हामीले गरेका सबै कामको मूल्यांकनका आधारमा मुलुकका १० उत्कृष्ट स्थानीय तहमा पर्न सफल भएका छौं’, उहाँले भन्नुभयो– ‘आगामी दिनमा अझै भौतिक पूर्वाधार, सुशासन, संस्थागत तथा सामाजिक विकासका क्षेत्रमा पनि नगरपालिकालाई सबैभन्दा उत्कृष्ट बनाउने प्रयास हुनेछ ।’

फलेबास नगरपालिकामा शहरीकरण नभइसकेको र विगतमा ११ वटा गाउँ विकास समितिलाई मिलाएर घोषणा भएका कारण धेरै पूर्वाधार तथा विकास निर्माणका काम हुन नसकेको अवस्थामा नगरपालिकाका जनप्रतिनिधिले पाँच वर्षमा धेरै राम्रा अभ्यासका काम गरेका थिए । फलेबास नगरपालिकाले कालीगण्डकी जलाशययुक्त आयोजनाको लागि निरन्तर प्रयास र लबिङ गरेको थियो भने पोखरा–कार्किनेटा–खानीगाँउ हुँदै बागलुङको जैमनी–गल्कोट जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको काम निरन्तररूपमा चलाइरहेको छ ।

त्यस्तै, पोखरा–लुम्ले–अन्नपूर्ण पदमार्गको पर्यटकीय लाभ लिन सक्ने गरी योजनासहित मनमनोहन शान्ति वाटिका तथा खुम होमस्टे प्रवद्र्धनको काम गरिएको छ । फलेबासको बहुआयमिक विकासका लागि ग्रीन फलेवास, क्लिन फलेवास अभियान सञ्चालन गरिएको छ । क्लिन हाउस, ग्रिन हाउस, क्लिन क्लिन स्कुल, क्लिन रोड, ग्रिन रोड, ग्रिन रोड क्लिन टोल ग्रिन टोल अभियान सञ्चालन भएको छ । यो

अभियानमा ५ हजारभन्दा बढी घरधुरी समावेश भएका छन् ।फलेबासमा ४ सय १२ किलोमिटर नयाँ सडकको ट्रयाक खनिएको छ । नगरपालिकाले आफ्नै २ वटा डोजरमार्फत निरन्तर सडक सफा गर्ने, ट्रयाक खोल्ने देखि स्तरउन्नतिका काम गर्दै आएको छ । बाहिरी, भित्री चक्रपथ, लिंक रोड बनाउने काम पनि यो अबधीमा भएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य सेवा, शिक्षा, उद्योगबाट रोजगार सिर्जनालगायतका नमुना काम पनि गरेको छ । फलेबासले नगरभित्रका ५० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुष र महिलालाई मासिक भत्ता वितरण गर्दै आएको छ । श्रमिकलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गर्दै ५ सय नगरपालिकाले थप्ने र ५ सय थपेर भविष्यमा पेन्सन सुविधा दिने काम पनि शुरु गरेको छ ।