बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने भएको छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।