देशको पछिल्लो अर्थतन्त्रबारे यस्तो छ एमालेको धारणा (धारणासहित)

0
Shares

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर हटाउने गलत निर्णय लिए‍को एमालेले आरोप लगाएको छ  ।

एमालेले आइतबार पत्रकार सम्मेलन गर्दै देशकाे आर्थिक अवस्था सार्वजनिक र गभर्नर हटाउने निर्णय भित्रको राजनीतिक खेलबारे टिप्पणी गरेको छ ।

नेकपा (एमाले)का तीन पूर्वअर्थमन्त्रीहरुले विज्ञप्तिको जारी  वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठवन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दवावमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कार्वाही गरिएकोमा कुनै शंका नभएकाे  विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

संकटोन्मुख अर्थतन्त्रका सन्दर्भमा नेकपा (एमाले)का तीन पूर्वअर्थमन्त्रीको तर्फबाट जारी विज्ञप्तिको पूर्णपाठ :